images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • ह्वाट्सएपको लापरबाहीः साढे ३ अर्ब प्रयोगकर्ताको...

ह्वाट्सएपको लापरबाहीः साढे ३ अर्ब प्रयोगकर्ताको डेटा संकटमा

ह्वाट्सएपको लापरबाहीः साढे ३ अर्ब प्रयोगकर्ताको डेटा संकटमा

images
images
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • काठमाडौँ । कहिलेकाहीँ ह्वाट्सएपमा अज्ञात नम्बरबाट म्यासेज आइरहेको हुन्छ । यसमा हाई, हेलो मात्रै भनिएको हुन्छ । रिप्लाइ दिँदा यसबाट कुनै जवाफ आउँदैन ।हरेक ह्वाट्सएप प्रयोगकर्ताले कुनै न कुनै समयमा यस्ता सन्देशहरू प्राप्त गरेका होलान्, तर यी अनियमित म्यासेज मात्रै होइनन् । यस्ता म्यासेज आउनुको कारण एपमा रहेको सुरक्षा त्रुटि थियो, जसले अब लगभग ३.५ अर्ब प्रयोगकर्ताका डेटा जोखिममा पारिरहेको छ ।  

    images
    images

    ५७ प्रतिशत ह्वाट्सएप प्रयोगकर्ताका प्रोफाइल फोटोहरू र २९ प्रतिशत प्रयोगकर्ताका ‘एबाउट’मा आफूले पहुँच गर्न सकेको अस्ट्रियाको भियना विश्वविद्यालयको एक अनुसन्धान टोलीले दाबी गरेको छ ।यो घटनालाई ह्वाट्सएपको अहिलेसम्मको सबैभन्दा गम्भीर सुरक्षा 'चुक' मानिएको छ । मेटालाई २०१७ मै ह्वाट्सएपमा रहेको यो सुरक्षा त्रुटिबारे जानकारी गराइएको थियो । तर पनि ह्वाट्सएप र मेटाले समयमै यसबारे उचित कदम चालेनन्, जसले गर्दा खतरा वर्षौंसम्म रहिरह्यो । 

    अनुसन्धानकर्ताका अनुसार यदि कुनै ह्याकरले यो डेटा प्राप्त गरेको भए यो २०२१ को फेसबुकको डेटा चुहावटको घटनायता इतिहासको सबैभन्दा ठुलो डेटा चुहावट हुने थियो । अनुसन्धान टोलीले यस स्तरको डेटा एक्सपोजर पहिले कहिल्यै रेकर्ड नगरिएको बताएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend