images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ०.९३ अंकले घटेर बन्द भयो...

०.९३ अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब ६८ करोडको कारोबार

०.९३ अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब ६८ करोडको कारोबार

images
images
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • काठमाडौं। साताको पाचौं अर्थात् अन्तिम कारोबार दिन नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६०.१५ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार ४९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोडको सेयर कारोबार भएको छ । आज ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।  सहास उर्जाको सर्वाधिक ४१ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा सप्तकोशी डेभलपमेन्ट बैंकको १६ करोड ९३ लाख रुपैयाँ र तेस्रोमा नेपाल रिको १२ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    images
    images

    यसदिन धौलागिरी लघुवित्त, बन्दीपुर केबलकार र झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टीलरीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।बुंगल हाइड्रोका लगानीकर्ताले आज सर्वाधिक ९.०५ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend