images

२०८३ आश्विन १७ गते

images
images
images

आज १२५ दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ दलसँग छलफल गर्दै प्रधानमन्त्री

images
images
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले सरकारका काम कारबाहीबारे जानकारी दिन निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई सिंहदरबार बोलाएकी हुन् ।

    images
    images

    तथ्याकअनुसार आयोगमा हालसम्म १२५ वटा राजनीतिक दल दर्ता भएका छन् भने १८ दर्ता प्रक्रियामा छन् । प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले सरकारका काम, कारबाही र प्राथमिकताका विषयमा जानकारी दिन निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई आज अपराह्न ४ बजे सिंहदरबार बोलाइएको जानकारी दिए ।

    सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन मिती तय गरेको छ । जेनजी आन्दोलनको बलमा बनेको कार्की नेतृत्वको सरकारको प्रमुख जिम्मेवारी पनि यही चुनाव सम्पन्न गराउनु हो । आज दलहरूसँगको छलफल पनि निर्वाचनमै केन्द्रित हुने प्रेस संयोजक रावलले बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend