images

२०८३ आश्विन १८ गते

images
images
images

लघु चलचित्र प्रतियोगिता गर्दै विकास बोर्ड

लघु चलचित्र प्रतियोगिता गर्दै विकास बोर्ड

images
images
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • काठमाडौं । पछिल्लो समय नेपाली लघु चलचित्रहरू विश्वका प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागीसँगै पुरस्कृत हुँदै आएका छन् । तर यस्ता लघु चलचित्रलाई नेपाल सरकार तथा चलचित्र विकास बोर्डले बेवास्ता गरेको आरोप यसका निर्माता निर्देशकहरूको थियो ।सोही गुनासोलाई सम्बोधन गर्न भन्दै चलचित्र विकास बोर्डले ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२’ को घोषणा गरेको छ ।

    images
    images

    बोर्डले सोमबार यो प्रतियोगिता’bout सञ्चारकर्मीलाई जानकारी दिएको हो । यस’bout बोर्ड अध्यक्ष दिनेश डिसीले भने,‘नेपाललाई सांस्कृतिक, भाषिक, कलात्मक र पर्यटनको दृष्टिले विश्वसामु पहिचान गराउने उद्देश्यका साथ सुरु गरिएको यो प्रतियोगिता चलचित्र क्षेत्रका लागि मात्र नभई सांस्कृतिक तथा पर्यटनका हिसाबले समेत फाइदाजनक हुनेछ ।’कला, संस्कृति, भाषा, साहित्य, सुशासन प्रवर्धन, पर्यटन विकास तथा सामाजिक रूपान्तरण जस्ता महत्त्वपूर्ण विषयहरूलाई समेटेर यस्ता लघु चलचित्र निर्माणको लागि पनि बोर्डले अपिल गरेको छ । यस्ता विषय प्रस्तुत गरिने लघु चलचित्रका सर्जकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारी स्तरबाट यस्तो प्रतियोगिता प्रारम्भ गरिएको पनि अध्यक्ष डिसीले जनाए ।

    डिसीका अनुसार नयाँ पुस्ताका निर्देशक तथा अनुसन्धानमुखी चलचित्र निर्मातालाई राष्ट्रिय स्तरमा उजागर गर्न तथा चलचित्रलाई ज्ञान, चेतना र अभिव्यक्तिको माध्यमका रूपमा अझ प्रभावकारी बनाउन यो प्रतियोगिता उपयुक्त हुने विश्वास बोर्डको छ । उनको भनाइमा स्वदेशमै सिर्जनात्मक अभ्यास बढाउन यो प्रतियोगिताले प्रेरणा दिने छ ।प्रतियोगितामा लघु चलचित्रसँगै लघु वृत्तचित्र पनि समावेश गर्न सकिने बोर्डले जनाएको छ । यो घोषणा गरेको मिती सोमबारबाट आगामी ७५ दिनसम्म बोर्डमा यस्ता लघु चलचित्र एवम् वृत्तचित्र बुझाउनु पर्ने र त्यसपछि प्रतियोगिताको आयोजना गरिने पनि बोर्डले जनाएको छ ।यो प्रतियोगितामा नेपाली नागरिकता भएको नेपालीले मात्र भाग लिन पाउने पनि बोर्डले जानकारी गराएको छ । यस्ता सृजना कम्तीमा पाँच मिनेट देखि बढीमा साठी मिनेट अवधिभित्र हुनु पर्ने छ । उत्कृष्ट ठहरिने वृत्तचित्र तथा लघु चलचित्रहरूलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिने पनि बोर्डले जनाएको छ । पुरस्कारको रकम भने चलचित्रहरु प्राप्त भएपछि मात्र घोषणा गरिने बोर्डको कथन छ ।

    images
    images

    ‘यस प्रतियोगिताले नेपालभित्र वृत्तचित्र, एवम् लघु चलचित्र निर्माणको परम्परालाई व्यवस्थित, व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने मार्ग खोलेको छ । यस प्रतियोगिताले नेपाली चलचित्रलाई मनोरञ्जन मात्र नभई ज्ञान, अनुसन्धान र राष्ट्रिय पहिचान निर्माण, चलचित्र पर्यटन तथा पर्यटन प्रवर्धन एवं विकासमा महत्त्वपूर्ण आधारशिला तयार गर्नेछ,’ बोर्ड अध्यक्ष डिसीले अन्त्यमा भने ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend