images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • मुग्लिन–पोखरा सडक आजदेखि दैनिक चार घण्टा...

मुग्लिन–पोखरा सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने

मुग्लिन–पोखरा सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने

images
images
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • काठमाडौं ।  मुग्लिन–पोखरा सडकखण्ड आजदेखि १० दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिमखण्ड दैनिक चार घण्टा पूर्ण तथा आंशिक बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको हो । आजदेखि दैनिक बिहान ६ बजेदेखि आठ बजेसम्म र मध्याह्न १२ बजेदेखि दुई बजेसम्म सडकमा सवारी साधन रोकेर निर्माणको काम गर्न लागिएको योजना प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिए ।

    images
    images

    हाल मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडकमा स्तरोन्नतिको काम भइरहेको छ । पोखराको विजयपुर पुलको ‘अपस्ट्रिम साइड’ मा दुई लेनको ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस’ प्रविधिको पुल निर्माणको लागि काम भइरहेको छ ।.योजना प्रमुख कुँवरका अनुसार मूल सडक बन्द हुँदा दुई पाङ्ग्रे तथा साना सवारीसाधनले अर्घौचोक वा बुढी बजार चोकबाट बेल चौतारा हुँदै चाउथे भएर आवतजावत गर्न सक्नेछन् भने ठूला सवारीसाधनलाई पावर हाउस चोकदेखि बौमारा हुँदै बिरौटा निस्किएर पोखरा आवतजावत गर्न आयोजनाले अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend