images

२०८३ आश्विन १८ गते

images
images
images

मेल्बर्नमा नेपाली समुदायका लोकप्रिय पण्डित: पं. नारायण प्रसाद ज्ञवाली (मीलन)

मेल्बर्नमा नेपाली समुदायका लोकप्रिय पण्डित: पं. नारायण प्रसाद ज्ञवाली (मीलन)

images
images
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • मेल्बर्न, भिक्टोरियामा नेपाली समुदायमा चर्चित युवा  पण्डित नारायण प्रसाद ज्ञवाली (मीलन) सामाजिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा सक्रिय छन्। पेशाले सिभिल ईन्जिनियर पण्डित ज्ञवालीले La Trobe University, Melbourne बाट इन्जिनियरिङ गरेपछि अस्ट्रेलिया, नेपाल र युनाइटेड अरब इमिरेट्समा इन्जिनियरिङ काममा अनुभव हासिल गरेका छन्।

    images
    images

    पछिल्लो समयमा उनी मेल्बर्नमा रहेको Australian Nepalese Multicultural Centre (ANMC) मा पुजारीको रूपमा कार्यरत छन्, जहाँ समुदायलाई धार्मिक र सांस्कृतिक सेवा प्रदान गर्दै आएका छन्। पण्डित ज्ञवाली भिक्टोरियाको पहिलो नेपाली भाषी Commonwealth Registered Marriage Celebrant पनि हुन्। उनी नेपाली मात्र नभई अन्य मुलुकका व्यक्तिहरूसँग विवाह, ब्रतबन्ध, घरपूजा, न्वारन, कानुनी विवाह र अन्य पूजा-आजा सञ्चालनमा लोकप्रिय छन्।

    समाजसेवा र समुदायको योगदानमा पनि सक्रिय, उनी NRNA, NAV, ANMC लगायतका संघ-संस्थाहरूमा आबद्ध छन्। मेल्बर्नबाट झन्डै तीन दर्जन पटक रक्तदान गरिसकेका ज्ञवाली, रक्तदान चाडपर्व सम्बन्धी जनचेतना कार्यक्रमहरूमा समेत सक्रिय छन्।

    images
    images

    स्थानीय सरकारसँगको सहकार्यमा पनि उनी महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। Hume City Council र Merri Bek City Council अन्तर्गत Interfaith Networking मा विगत ६ वर्षदेखि आबद्ध उनी नेपाली धर्म, संस्कृति, भाषा, भेष-भूषा र चडपर्व सम्बन्धी आवाज स्थानीय सरकारसम्म पुर्याउन सहयोग गर्दै आएका छन्।

    पण्डित ज्ञवालीको योगदानले मेल्बर्नमा बसोबास गर्ने नेपाली समुदायमा मात्र नभई स्थानीय समाजमा पनि धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध बलियो बनाउने कार्य गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend