images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ओमोडा एन्ड जेइकोले सम्पन्न गर्‍यो एनपीएल...

ओमोडा एन्ड जेइकोले सम्पन्न गर्‍यो एनपीएल ट्रफी टुर

ओमोडा एन्ड जेइकोले सम्पन्न गर्‍यो एनपीएल ट्रफी टुर

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) २ को डिभन बाइ पार्टनर ओमोडा एन्ड जेइकोले लिगको उत्साह मनाउँदै एक शानदार ट्रफी टुर कार्यक्रम सम्पन्न गरेको छ। सो अवसरमा कम्पनीले विशेष रूपमा लिगका लागि ल्याइएको एआई सञ्चालित चारखुट्टे रोबोट डगको अनावरण पनि गरेका थिए।कार्यक्रममा एनपीएल सिजन १ का म्यान अफ द ट्रुनामेन्ट रहेका क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई ओमोडा ई५ कार प्रदान गरी सम्मान गरिएको थियो। जसले दर्शकहरूलाई आफ्ना मनपर्ने टिम र प्रतियोगितासँग अझ नजिक ल्याएको थियो।

    images
    images

    कार्यक्रममा ओमोडा एन्ड जेइकोको आधिकारिक शोरूममा नेपाल प्रिमियर लिगको आकर्षक ट्रफी प्रदर्शित गरिएको थियो जहाँ मिडिया, इन्फ्लुएन्सर, अटो-प्रेमीहरू र क्रिकेट समर्थकहरूको उपस्थिति रहेर क्रिकेटको जोश र ओमोडा एन्ड जेइकोको खेलप्रति समर्पण झल्किएको थियो।ट्रफी टुरपछि आयोजित विशेष कार्यक्रममा कम्पनीले रोबोट डगको नाम पनि सार्वजनिक गर्‍यो। यो क्षणले नेपाली दर्शकहरूसँग भावनात्मक सम्बन्ध र नवप्रवर्तनको सुरुवातलाई संकेत गरेको थियो।

    रोबोट डगको नाम सार्वजनिक गर्ने कार्य एसपीजी अटोमोबाइल्स प्रालिका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडा, ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बासेडर तथा क्रिकेटर दिपेन्द्र सिंह ऐरी र एसपीजी अटोमोबाइल्सका सदस्यहरूले संयुक्त रूपमा गरेका थिए।कम्पनीले यसअघि आफ्ना फ्यानहरूलाई डगको नाम सुझाउन आह्वान गरेको थियो। प्राप्त सुझावहरूमध्येबाट डगको नाम चंखे चयन गरिएको हो। जसको अर्थ चतुर हुन्छ। यसले युवाप्रेरणा, खेलकुदको विकास र प्रविधिमूलक सोचप्रति ओमोडा एन्ड जेइको को प्रतिबद्धता दर्शाउँछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend