images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • गृहमन्त्री अर्यालको न्यायको अनुभूति हुनेगरी...

गृहमन्त्री अर्यालको न्यायको अनुभूति हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन

गृहमन्त्री अर्यालको न्यायको अनुभूति हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पुस्ताको भावनाअनुरूप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित गृहसचिव एसएमटी बैठकमा अर्यालले सो निर्देशन दिएका हुन् । मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीले एक्टिभिष्ट जसरी जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताए । ‘अहिलेको सरकार निर्वाचन गराउने सरकार भएको हुनाले चुनावलाई अझ बढी सहभागितामूलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिष्चितता कायम गर्ने गरी जिम्मेवारी बहन गर्न निर्देश गर्दछु’ मन्त्री अर्यालले बैठकमा भने- ‘कर्मचारीहरूले जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न निर्देशन दिन्छु ।’ 

    images
    images

    उनले परिवर्तनको अनुभूति महसुस गर्ने गरी सेवा प्रवाहमा लाग्न सबै कर्मचारीलाई निर्देशन दिएका हुन् । बैठकमा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका घाइतेहरूलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न निर्देशन दिएका छन् । बैठकमा गृह सचिव रामेश्वर दंगालले राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावली र नागरिकता नियमावली परिमार्जन गर्ने काम अन्तिम चरणमा पुगेको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend