images

२०८३ आश्विन २५ गते

images
images
images
  • अर्थतन्त्र
  • काठमाडौँ महानगरले गर्यो २०८१/८२ को वार्षिक...

काठमाडौँ महानगरले गर्यो २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित

काठमाडौँ महानगरले गर्यो २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित

images
images
अर्थ समाचार
बुधवार, आषाढ २६ २०८१
अर्थ समाचार
बुधवार, आषाढ २६ २०८१
  • काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भएको छ। 

    images
    images

    राष्ट्रियसभा गृहमा मंगलबार बसेको १५औँ नगरसभाको पाँचौँ बैठकबाट महानगरको नीति तथा कार्यक्रम र बजेट पारित भएको हो। 

    बैठकमा नगरप्रमुख बालेन्द्र साहले पेस गरेको संशोधित नीति तथा कार्यक्रम र बजेटलाई नगरसभा सदस्यले सर्वसम्मतले पारित गरेका हुन् । 

    images
    images

    बैठकमा नगरसदस्यले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए। नगरप्रमुख साहले नगरसदस्यको उठाएको विषय र सुझावलाई यथासम्भव समावेश हुने गरी बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन गरिने विश्वास व्यक्त गरेका छन्।

    काठमाडौँ महानगरपालिकाले यही असार १० गते आर्थिक वर्ष २०८१/८२ का लागि रु २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै रु १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरेको छ । जुन कूल बजेटको ६१ दशमलव २० प्रतिशत हो। 

    कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि रु तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार र सामाजिक विकास क्षेत्रका लागि रु तीन अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट प्रस्ताव गरिएको छ।

    सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु एक अर्ब ८९ करोड २१ लाख र स्थानीय सञ्चित कोषबाट खर्च हुने गरी रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि रु १९ करोड नौ लाख प्रस्ताव गरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend