images

२०८३ आश्विन १८ गते

images
images
images
  • कला / संस्कृति
  • प्राकृतिक संरक्षण समाजले निर्वाचनमा वातावरणमैत्री प्रचार...

प्राकृतिक संरक्षण समाजले निर्वाचनमा वातावरणमैत्री प्रचार सामग्री प्रयोग गर्न आग्रह

प्राकृतिक संरक्षण समाजले निर्वाचनमा वातावरणमैत्री प्रचार सामग्री प्रयोग गर्न आग्रह

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • काठमाडौँ । कार्तिक ३०, आगामी निर्वाचनलाई वातावरणमैत्री बनाउने उद्देश्य सहित प्राकृतिक संरक्षण समाज ले सबै राजनीतिक दलहरू र राष्ट्रिय निर्वाचन आयोगलाई विशेष प्रस्ताव पेश गरेको छ। समाजले दलहरूको प्रचारप्रसारमा प्लास्टिक तथा नष्ट नहुने सामग्रीको अत्यधिक प्रयोगका कारण वातावरणमा दीर्घकालीन नकारात्मक असर पर्ने भएकाले वैकल्पिक, हरित सामग्रीहरू प्रयोग गर्न अनुरोध गरेको हो।

    images
    images

    समाजले आयोगसँग सहकार्य गर्दै जैविक, पुनःप्रयोगयोग्य तथा छिट्टै नष्ट हुने सामग्री दलहरू र आयोगका सम्पूर्ण कर्मचारीहरूलाई उपलब्ध गराउन तयारी व्यक्त गरेको छ।

    यससँगै, “पर्यावरण बचाऔं, राष्ट्र बचाऔं” अभियानलाई आयोगसँगको साझेदारीमा औपचारिक रूपमा सुरु गर्न समाजले प्रस्ताव गरेको छ। अभियान मार्फत दल, उम्मेदवार र आयोगका कर्मचारीहरूलाई वातावरणमैत्री प्रचार अभ्यास अपनाउन प्रेरित गरिने बताइएको छ।

    images
    images

    देशव्यापी जनचेतना बढाउन मिडिया, सामाजिक सञ्जाल र अन्य माध्यमबाट वातावरण संरक्षण सम्बन्धी सन्देश प्रसार गर्ने योजना पनि समाजले अघि सारेको छ। साथै, हरित अभ्यासमा सहभागी पक्षहरूलाई “ग्रीन क्याम्पेन पार्टनर” को रूपमा सम्मान गर्ने व्यवस्था समेत प्रस्तावमा उल्लेख छ।

    प्राकृतिक संरक्षण समाजका अनुसार हरित चुनाव अभ्यासले भविष्यमा वातावरणमैत्री राजनीति संस्कृति निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। समाजले आयोगलाई प्रस्तावलाई सकारात्मक रूपमा स्वीकार गरी तत्काल कार्यान्वयन अघि बढाउन आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend