विश्व संयोजक्, लुम्बिनी कपिलवस्तु विस्व अभियान,विश्व सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास संरक्षक, अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र अस्ट्रेलियाका केही राष्ट्रिय एबं राज्य स्तरका संस्थाका सल्लाहकार, नेपालका मूलधारका पत्रिकाहरु लगायत धेरै पत्रिका र अन्तर्राष्ट्रिय पत्रिकाहरुमा समेत अनुसन्धानात्मक लेखहरु प्रकाशित ।
रामकुमार श्रेष्ठ पेशाले इन्जिनियार भए तापनि सांस्कृतिक बिबिधताका दृस्टिकोणले विस्वमा नै धनी देशको रुपमा मानिने नेपालको आधुनिकताका कारण लोपोन्मुख अवस्थामा रहेका सांस्कृतिक संपदाको संरक्षण, संबर्धन र प्रबर्धन राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा गर्न गराउन लागि परे । उनी संस्थापक उपाध्यक्ष भएको नेपाली लोक बाजा संग्राहलयले करीब ७०० बाजा संकलन गर्नुका साथै योसंग संबन्धित अनुसन्धात्मक लगायत बिभिन्न कामका कारण जापानबाट प्रदान गरिने पुरस्कार समेत प्राप्त गरेको छ ।
विकसित देशमा भएको (मानवशास्त्रीय संग्रहालय) सांस्कृतिक बिबिधताका दृस्टिकोणले विस्वमा नै धनी नेपालामा भने नभएका कारण यस्को स्थापनार्थ युनेस्को मुख्यालयका सिनियार प्रोग्राम अफिसर मिन्जा याङ लगायत धेरै देशका यस क्षेत्रका प्रतिस्ठित बिज्ञहरुको उपस्थितिमा काठमान्डौंमा गरिएको अन्तर्राष्ट्रिय संगोस्ठीपस्चात यस्का लागि आबस्यक जग्गा सरकारबाट प्राप्त गर्न श्रेष्ठले तयार गरेको अबधारणा पत्रलाई तात्कालिन युवा, खेलकुद तथा संस्कृति मन्त्री बल बहादुर केसीले सन २००० तिर मन्त्रीपरिषदमा टेबल गरी मन्त्रीपरिषदको निर्णय मार्फत संस्थाको उद्धेस्य प्राप्तीका लागि कीर्तिपुरको चम्पादेवीमा हजारौं रोपनी जग्गा उपलब्ध गराएको छ र सो परियोजना अत्यन्तै महत्वाकांक्षी परियोजना भएकोले त्यस्को अवधारणा बुझाउन श्रेष्ठले एकजना म्युजिओलोजिस्टसंग मिली २००२ मा तयार गरेको डिजाइन अनुरुप नेपाल टुरिज्म बोर्डको पहिलो तल्लाको दुइ ठूला हलामा मिनिम्युजियम तयार छ ।
वुद्धको जन्मस्थल बिषयमा सिर्जित विस्वब्यापी दिग्भ्रम निस्तेज गर्न श्रेष्ठको विस्व संयोजकत्वमा गठित लुम्बिनी(कपिलवस्तु विस्व अभियानले सरकारले गर्नुपर्ने काम जनस्तरबाटै गरेर पनि थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका उपलब्धीहरु हासिल गरेको छ ।
अभियान शुरु भएदेखि अहिलेसम्म समस्याको जरो भनेको बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी भएकोले सरकारद्वारा नै यो समस्या समाधान गर्नका लागि पहल गरिनुपर्छ भनी तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई २०१० अगस्टमा ज्ञापन पत्र बुझाए तापनि सरकारका तर्फबाट खासै काम नभएकाले सात देशको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयक गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हनन प्रतिरक्षा र विस्व शान्ति अभियान सशक्तिकरणका खातिर सच्याउन आग्रह गरी ती देशका रास्ट्रपति र प्रधानमन्त्रीलाई सम्बोधन गरी लेखिएको छ, पेज अनुसन्धानात्मक प्रतिबेदन २०१५ डिसेम्बरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेपस्चात सोही प्रतिबेदनका आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत ती सात देशमा पत्राचार गरेको, कोरिया र स्वीडेनको पाठ्य पुस्तक सच्याउने काम भएको, रास्ट्र संघिय महत्वपूर्ण निकायहरु युनेस्कोको मुख्यालय पेरिस र अन्तराष्ट्रिय न्यायालय हेगमा वुद्ध नेपालमा जन्मनु भएको सन्देश सहित वुद्धको मूर्ति स्थापना, वुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी गुगलमा सच्याएको र वार्षिक ५०(६० लाख टुरिस्ट जाने ब्रिटिश म्युजियममा सच्याउने निर्णय गराएको, दक्षिण गोलार्धकै सबैभन्दा ठूलो बुद्ध मन्दिर अस्ट्रेलियाको सिड्नीको नान टिएन र विस्वकै सबैभन्दा ठूलो रत्न गुणस्तरको बुद्ध मूर्ति राखिएको बेन्डिगो, अस्ट्रेलियामा वुद्धको जन्मस्थलबारे भएको गल्ती सच्याउने लगायत धेरै काम भए ।
नेपालको भू–राजनीतिक अवस्थाका कारण काम गर्ने क्रममा सामना गर्न पर्ने संभाविता बिभिन्न स्तररकिसिमका ब्यबधान र अबरोधहरुलाई न्यूनिकरण गर्न र बिबादित काम कुराका कारण शक्ति क्षयको संभावना बढ्ने तर सर्बमान्य र सर्ब स्वीकार्य काम कुराका कारण गतिरोध न्यूनिकरण हुने भएकोले नेपालका तर्फबाट लुम्बिनीका बिषयमा देखिएको अनाबस्यक मौनता र ड्लिासुस्तीमा क्रमभंगता गर्दै अभियानको उद्धेस्य प्राप्ती कार्यलाई प्रभावकारी डुंगले अगाडि बडउन प्रजातन्त्रको सबलिकरण, मानब अधिकारको संरक्षण, विस्व शान्ति अभियान सबलिकरणमा योगदान जस्ता कुराका आधारमा नेपाल सरकारलाई शून्य आड्थक भार पार्ने गरी प्रभावकारी डुंगले काम गर्न श्रेष्ठले ड्लुम्बिनी कुटनीति’अबधारणाको विकास गरी पूर्व प्रधानमन्त्री एवं एवं बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुलाई हस्तान्तरण गरेका छन ।
श्रेष्ठले जुन २०१३ मा अस्ट्रेलियाकी तात्कालिन प्रधानमन्त्री जुलिया गिलार्ड र अस्ट्रेलियाका बर्तमान उपप्रधानमन्त्री रिचार्ड्स मार्सलाई जनवरी २०१८ मा अभियानका विस्व संयोजकको हैसियतमा भेटेर नागरिक स्तरबाट पनि नेपाललाई वुद्धको जन्मस्थलको रुपमा चिनाउने कुटनीतिक भूमिका निर्बाह गरेका छन ,अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको लागि लुम्बिनी,कपिलवस्तु विस्व अभियानका तर्फबाट लुम्बिनीको माटो प्रदान गरिने प्रतिबद्धता अनुरुप गोलाकार बृत्तभित्र वुद्धका दुई पाइतालाको आकार दिएर बनाइएको सामग्री २०१७ अक्टोबरमा हस्तान्तरण गरेपस्चात डिसेम्बर १५, २०२४ मा ३७” अग्लो ५२ केजी तौल भएको सुनको जलप सहितको वुद्धको मूर्ति मेलबर्नको नेपाली मन्दिरलाई पन्चकन्या सहितको बिशेष र्यालीका साथ हस्तान्तरण गरिएको छ ।




.gif)





