images

२०८३ आश्विन १९ गते

images
images
images

साहस ऊर्जाले बोलायो वार्षिक साधारणसभा

साहस ऊर्जाले बोलायो वार्षिक साधारणसभा

images
images
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • साहस ऊर्जा लिमिटेडले आउँदो मंसिर २४ गते (बुधबार) बिहान ११ बजे काठमाडौं–बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो बाह्रौं वार्षिक साधारणसभा बोलाएको  छ । सभामा हालको चुक्ता पूँजीबाट २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत (१:१ अनुपात) बराबर ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

    images
    images

    यसबाहेक, कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विधानलगायतका वित्तीय विवरण अनुमोदन गरिनेछ। चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्ति गरी उनको पारिश्रमिक तोक्ने कार्यसूची पनि रहेको छ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सम्बन्धित निकायबाट सुझाव वा निर्देशन आएमा त्यसअनुसार थप संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

    साधारणसभा र लाभांश वितरणका लागि कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार मंसिर ४ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरू मात्र सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न योग्य रहनेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend