काठमाडौं । अर्जुन घिमिरे (पाँडे)को निर्देशन रहेको चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुने भएको छ । पोस्टप्रोडक्सनमा रहेको चलचित्रले रिलिज डेट लक गरेको हो ।चलचित्रको ‘फसायो लमीले’ बोलको गीत शनिबार रिलिज हुँदै छ । गीतमा समीक्षा अधिकारी र वसन्त थापाको स्वर छ । गीतको शब्द, संगीत संयोजन रमेश परियारले गरेका छन् ।गीतमा अभिनेत्री दीपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामालगायत कलाकारको नृत्य देखिनेछ । अधिकारी र लामाको अतिथि भूमिका रहेको छ ।
गीत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट रिलिज हुने निर्देशक घिमिरेले बताएका छन् ।चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जनलगायतको अभिनय रहेको छ ।निर्देशक घिमिरेको कथा रहेको चलचित्रको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको छ ।




.gif)



