images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • स्वस्थ डिजिटल बानीका लागि टिकटकका नयाँ...

स्वस्थ डिजिटल बानीका लागि टिकटकका नयाँ सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानीका लागि टिकटकका नयाँ सेफ्टी टुल्स

images
images
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • टिकटकले परिवार र किशोर–किशोरीहरूको डिजिटल सुरक्षालाई सुदृढ बनाउन नयाँ सेफ्टी टुल्स सार्वजनिक गरेको छ। ‘फ्यामिली पेयरिंग फिचर’ मार्फत अभिभावकहरूले आफ्ना बच्चाको स्क्रिन–टाइम, मेसेजिङ, कमेन्ट, र डाउनलोड सेटिङहरू नियन्त्रण गर्न सक्नेछन्।१६ वर्ष वा सोभन्दा कम उमेरका प्रयोगकर्ताका लागि डाइरेक्ट मेसेजिङ स्वतः बन्द हुने र राति नोटिफिकेसन म्यूट हुने व्यवस्था गरिएको छ। 

    images
    images

    १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तामा ६० मिनेटको स्क्रिन–टाइम लिमिट डिफल्ट रूपमा सेट हुनेछ।अभिभावकहरूले अब आफ्ना बच्चाको प्राइभेसी सेटिङ हेर्न र पब्लिक भिडियो पोस्ट भएमा नोटिफिकेसन पाउन सक्नेछन्। टिकटकका अनुसार यी टुलहरू प्यारेन्टल कन्ट्रोल मात्र नभई जिम्मेवार डिजिटल बानी विकास गर्ने संवादको माध्यम हुन्।यस वर्ष टिकटकले ‘गाइडेड मेडिटेसन’ नामक इन–ऐप सुविधा पनि सुरु गरेको छ, जसले प्रयोगकर्तालाई माइन्डफुलनेस अभ्यास र रातिको विश्राममा सहयोग गर्छ। १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तामा यो सुविधा राति १० बजेपछि स्वचालित रूपमा सक्रिय हुन्छ।टिकटकका अनुसार यी सुधारहरू कम्पनीको पहिल्यै रहेको ५० भन्दा बढी सुरक्षा उपायमा थपिएका हुन्, जसमा उमेरअनुसार कन्टेन्ट फिल्टर, स्क्रिन–टाइम लिमिट र सीमित मेसेजिङ सुविधा समावेश छन्।टिकटकले डिजिटल सेफ्टी पार्टनरसिप फर फ्यामिलीज मार्फत परिवारलाई सुरक्षित र जिम्मेवार अनलाइन व्यवहारका लागि मार्गदर्शन र स्रोतहरू उपलब्ध गराइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend