images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • वार्षिक दश लाख रुपैयाँको अनुसन्धान अनुदान...

वार्षिक दश लाख रुपैयाँको अनुसन्धान अनुदान दिने नोबेल अस्पतालको घोषणा

वार्षिक दश लाख रुपैयाँको अनुसन्धान अनुदान दिने नोबेल अस्पतालको घोषणा

images
images
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • काठमाडौं ।  विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले अनुसन्धान अनुदानको घोषणा गरेको छ। स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अस्पतालले वार्षिक दश लाख रुपैयाँको अनुसन्धान अनुदानको घोषणा गरेको हो। विशेषगरी अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धानकर्ताहरुको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अनसन्धान इकाईको स्थापना र अनुदानको प्रवन्ध गरेको नोबेलले जनाएको छ।

    images
    images

    अस्पतालका सञ्चालक डा सुनिलकुमार शर्मा र उनकी श्रीमती इन्दिरा शर्मा बरालले संयुक्त रुपमा बुधबार अनुसन्धान इकाईको उद्घाटन गरेका छन्। कार्यक्रममा अनुसन्धान इकाईका प्रमुख प्राडा गेहनाथ बरालले स्वास्थ्य एवं चिकित्सा शिक्षाका विविध अनुसन्धानलाई अगाडि बढाउन आवश्यक रहेको औंल्याउँदै अनुसन्धान इकाईको व्यवस्था तथा अनुसन्धान अनुदानको प्रावधानले ठूलो योगदान गर्ने बताए। 

    नोबेलका अन्तर्राष्ट्रिय निर्देशक डा निरन्जन कुमारले विश्वमा स्वास्थ्य एवं चिकित्साको क्षेत्रमा सबैभन्दा बढी अनुसन्धान हुने गरेको र यहाँ पनि अनुसन्धानको कार्यलाई अझ प्रभावकारी ढंगबाट अगाडि बढ्न आवश्यक रहेको बताए। प्रमुख कार्यकारी अधिकारी प्राडा रामहरी घिमिरेले अनुसन्धान तथ्यपरक हुनुपर्ने र अनुसन्धानहरु यथार्थपरक ढंगबाट सम्पन्न गरी चिकित्सा स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याउन सक्ने हुनुपर्नेमा जोड दिए। प्राचार्य प्राडा राजेश नेपालले वार्षिक दश लाख रुपैयाँको अनुसन्धान अनुदानको घोषणा गर्नु भएको थियो। घोषित पुरस्कार अनुसार नोबेलमा कार्यरत फ्याकल्टी, चिकित्सक, चिकित्सा कर्मचारी, विद्यार्थीहरुको अनुसन्धान टोली तीन, नोबेल बाहिरका तीन गरी वार्षिक ६ वटा नेपाल भित्रका र दुई वटा अन्तर्राष्ट्रिय अनुसन्धानलाई अनुदान प्रदान गरिनेछ। 

    images
    images

    यो अनुदान प्राप्त गर्न नोबेलको अनुसन्धान इकाईको कार्यविधि अनुसारको प्रक्रिया पुरा गरेर आउनु पर्नेछ। कार्यक्रममा नोबेलका बोर्ड सल्लाहकार सोइना शर्मा, पदाधिकारीहरु, विभिन्न विभागका फ्याकल्टी सदस्यहरु, अनुसन्धान इकाईका पदाधिकारीहरु र कर्मचारीहरुको उपस्थितिमा थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend