images

२०८३ आश्विन १८ गते

images
images
images

पञ्चकोटमा ‘विष्णु सहश्रनाम’लाई १४ लाख पटक पाठ

पञ्चकोटमा ‘विष्णु सहश्रनाम’लाई १४ लाख पटक पाठ

images
images
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • बागलुङ, कात्तिक २६ गते ।पञ्चकोटमा निर्माण गरिने एक सय ३५ फिट अग्लो कलस निर्माण अभियान सफल पार्न असार २२ गतेदेखि सुरु भएको चौमासिक महायज्ञ समापन भएको छ । चार महिनादेखि विष्णु सहश्रनामलाई १४ लाख पटक पाठ गरिएको थियो ।महायज्ञको समापन गर्दै कलस निर्माणसहित पञ्चकोटका गतिविधि सञ्चालन गर्न काम थालिने भएको हो । बागलुङ नगरपालिका वडा नं. ५ को मालिकामा रहेको गण्डकी गोपाल गोबंश संरक्षण केन्द्रमा चौमासिक अखण्ड श्रीविष्णु सहश्रनाम पाठ पारायणको महापूर्णहुती तिलक प्रसाद वितरण, महाअभिषेक एवम् सम्मान कार्यक्रम समेत गरिने भएको हो ।

    images
    images

    २०७१ सालमा शिलान्यास भइ निर्माण प्रारम्भ भएको यो स्थानमा धेरै मठमन्दिर बनिसकेका छन् । कालीगण्डकी सभ्यताको संरक्षण गर्ने, जलसम्पदाको संरक्षणको प्रतिक स्वरुप कलस निर्माण गर्ने काम भइरहेका छन् । राज्यको तर्फबाट आउने बजेटमा पटक पटक कटौती हुँदा धेरै निर्माण आयोजना अलपत्र परेका थिए । स्थानीयले भने पटक पटक दान दिएर यहाँ हरेक वर्ष महायज्ञ सञ्चालन गर्नेदेखि पुर्वाधार निर्माणमा सहयोग गर्दै आएका छन् ।

    त्यस बाहेक सर्वसिद्दिधाम पञ्चकोट विकास परिषदमार्फत गण्डकी महासभासहित विभिन्न कार्यक्रम भइरहेका छन् । मुक्तिनाथ पिठाधिश्वर कमलनयनाचार्यको अगुवाइमा एकै वर्षमा आधा दर्जन स्थानमा महायज्ञहरु भइरहेका छन् । जसमध्ये मुक्तिनाथमा मात्रै ६ महिने महायज्ञ एवम् पञ्चमहालक्ष्मी मन्दिर भक्तपुरमा बाल्मिकीय रामायण पाठसहित विभिन्न स्थानमा चारदेखि ६ महिने महायज्ञहरु भइरहेका हुन् । ती महायज्ञहरुको पनि समापन गरेर निर्माण अभियानलाई अगाडि बढाउने परिषदका संस्थापक रहेका कमलनयनाचार्यले बताउनुभयो ।उहाँले पञ्चकोटमा कलस निर्माणसहित गौशाला थप व्यवस्थापन गर्ने, जडिवुटी प्रशोधन केन्द्र निर्माण, मुक्तिनाथ बाबा परिक्रमा चक्रपथ निर्माण सहितको अभियानलाई एक अर्ब २५ करोड खर्च लाग्ने बताउनुभयो । त्यो रकम राज्यका निमायबाट केही सहयोग जुटाउन सकेमा बाँकी स्थानीयको जोडबलमा निर्माण हुने उहाँले जानकारी दिनुभयो ।

    images
    images

    चालु वर्ष आठ करोड रुपियाँको टेण्डरमा केही निर्माणको काम सुरु भएको छ । त्यस बाहेक चक्रपथका लागि एक करोड, गौश्वारा जाने सडकका लागि बजेट विनियोजन भएर काम थालिएको छ । त्यस्तै संसारकोटमा पुरातत्व विभागले अध्ययन थालेको छ ।यो अभियान पूरा गरेसँगै उहाँले नेपालभित्रै कम्तिमा १० लाख स्थानीय प्रजातीका गाई पालन गर्ने लक्ष्य राख्नुभएको छ । त्यसका लागि राज्यले कम्तिमा १० हजार बिगा जग्गा उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो । उहाँकै अगुवाइमा मालिकामा बनेको गौशालामा ५५ गाई संरक्षित छन् । पर्वतको धाइरिङमा थप ५८ गाई संरक्षण गरिएको छ । नवलपुरको गजेन्द्रमोक्ष धाममा भने दुई सय गाई पालिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend