काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे चासो व्यक्त गरेकी छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले उनले मंगलबार मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रगति विवरण माग गरेकी हुन् ।
निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा गत कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन्। उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख रहने सहसचिव सदस्यसचिव छन्।
सचिव मैनालीले यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताए। उनले आजै समितिको पहिलो बैठक बस्ने जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री कार्कीले ढिलो नगरी खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वानको सूचना प्रकाशित गर्न निर्देशन दिएकी छन् ।




.gif)





