images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • हिमालयन डिस्टिलरीद्वारा ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’...

हिमालयन डिस्टिलरीद्वारा ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ सार्वजनिक

हिमालयन डिस्टिलरीद्वारा ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ सार्वजनिक

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौं। हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ।कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरहरुमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार यो व्हिस्की उत्कृष्ट शिल्पकौशलको प्रतीक हो ।क्वेरकस आल्बा (Quercus Alba) काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र Smoky Flavor को स्वाद र सुगन्धको सन्तुलित मिश्रण पाइन्छ। हिमालयन डिस्टिलरीका अनुसार यो Medium-Bodied ह्विस्कीले परम्परा र आधुनिकताको समिश्रण झल्काउँछ। कम्पनीका अनुसार श्लोकमा प्रयोग हुने मदिराको विकासमा करिब पाँच वर्षको समय र ४०० भन्दा बढी नमुना परीक्षण गरिएको थियो।

    images
    images

    ‘श्लोक’ को प्रत्येक सिपसँग उत्पन्न हुने विशिष्ट अनुभव र उत्कृष्टताको अनुभूति रहेको कम्पनीको भनाई छ।हाल ७५० मि.ली., १८० मि.ली. र ९० मि.ली. गरी तीन वटा साइजमा उपलब्ध छ र सो को मूल्य क्रमस रु २,८६०, रु ७१५ र रु ३६० रहेको छ।हिमालयन डिस्टिलरीका अनुसार श्लोक हिमालयन प्रिमियम ह्विस्कीको सार्वजनिकरणले नेपालको प्रिमियम ह्विस्की बजारलाई नयाँ परिभाषा दिनेछ।गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय स्तरको अनुभव खोज्ने नेपाली उपभोक्तालाई श्लोकले आकर्षित गर्नेछ भन्ने कम्पनीको बिश्वास रहेको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend