images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • पियोर इनर्जीको पहिलो त्रैमासमा ९० लाख...

पियोर इनर्जीको पहिलो त्रैमासमा ९० लाख नाफा

पियोर इनर्जीको पहिलो त्रैमासमा ९० लाख नाफा

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • पियोर इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ९० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.२१ प्रतिशतले बढी हो।

    images
    images

    गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५२ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यसपालि कम्पनीले विद्युत बिक्री आम्दानी केही घटेपनि खर्चमा प्रभावकारी नियन्त्रण गर्न सफल भएको देखिन्छ।विवरणअनुसार चालु आवको पहिलो त्रैमासमा कम्पनीको विद्युत बिक्री आम्दानी ६ करोड ६२ लाख रुपैयाँबाट घटेर ६ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, अघिल्लो आवमा ६ करोड ८ लाख रुपैयाँ खर्च गरेको कम्पनीले यसपटक खर्च घटाउँदै ५ करोड ६२ लाख रुपैयाँमा सीमित गर्न सफल भएको छ। खर्च घटेकै कारण विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको नाफा बढेको हो।  

    समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ७ करोड १५ लाख रुपैयाँ र कुल चालु दायित्व १३ करोड ९२ लाख रुपैयाँ रहेको छ।यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (EPS) ४ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ६१ पैसा रहेको विवरणमा उल्लेख गरिएको छ। कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने तरलता अनुपात ०.५१ प्रतिशत रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend