images

२०८३ आश्विन १८ गते

images
images
images

महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रमसहित मनाइँदै

महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रमसहित मनाइँदै

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौँ । कात्तिक २५, किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज (मंगलबार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

    images
    images

    विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्द किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका महान् अभियन्ता मानिन्छन्। समाज सुधारका लागि उहाँले नीति निर्माणसमेत गर्नुभएको थियो, जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ। उक्त नीति विसं १९८८ वैशाख २४ गते जारी गरिएको थियो।

    फाल्गुनन्दले किरात समाजमा चेतना जगाउँदै असमानता, छुवाछुत र अनावश्यक परम्पराविरुद्ध अभियान सञ्चालन गर्नुभएको थियो। उहाँको योगदानको कदर गर्दै नेपाल सरकारले विसं २०६६ मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।

    images
    images

    विसं २००५ मा निधन भएका महागुरु फाल्गुनन्दको स्मृतिमा आज किरात समुदायका बासिन्दा पूर्वका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायत जिल्लामा विशेष कार्यक्रम गरी जयन्ती मनाइँदैछ।

    राजधानी काठमाडौँ मा पनि किरात ज्योतिष संघ लगायत विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गरी फाल्गुनन्द जयन्ती मनाउने तयारी गरेको संघका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend