images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • स्वच्छ हावाका लागि घरमा राेप्नुहाेस् यी...

स्वच्छ हावाका लागि घरमा राेप्नुहाेस् यी बिरुवा

स्वच्छ हावाका लागि घरमा राेप्नुहाेस् यी बिरुवा

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौँ । वायु प्रदूषणले फोक्सोलाई त असर गर्छ नै मुटु र मस्तिष्कलाई पनि हानि पुर्‍याउन सक्छ । हाम्रो घरभित्र पनि धुलो र धुवाँले घरभित्रको हावालाई खराब बनाएको हुन्छ ।महँगो एयर प्युरिफायरहरू किन्नु सबैका लागि सजिलो हुँदैन । यस्तो अवस्थामा, केही सरल र किफायती उपायहरूले घरको हावा सफा राख्न सक्छ ।

    images
    images

    हरियो रुख बिरुवाहरूले घरलाई त सुन्दर बनाउँछ नै हावालाई पनि शुद्ध बनाएर राख्छ । यसले कार्बन डाइअक्साइडलाई अक्सिजनमा रूपान्तरण गर्छ अनि हानिकारक ग्याँसहरू सोस्छ ।केही बोटबिरुवाले फॉर्मल्डिहाइड, बेन्जिन र अमोनिया जस्ता ग्याँसहरू कम गर्न मद्दत गर्छन् भनेर कयौँ अध्ययनहरूले देखाएका छन् । आजको यस लेखमा हामी घरभित्रको हावालाई सफा राख्न प्रभावकारी हुने पाँच यस्ता बोटबिरुवाबारे कुराकानी गर्नेछौँ ।

    १. स्नेक प्लान्टः 

    images
    images

    स्नेक प्लान्टलाई ‘मदर इन लज टङ्ग’ पनि भनिन्छ । यसले रातमा पनि अक्सिजन छोड्छ । यो प्लान्टले निद्रा सुधार गर्न मद्दत गर्छ । यसलाई धेरै पानी वा प्रकाश पनि चाहिदैँन । त्यसैले यसलाई घरको जुनसुकै कुनामा राख्न सकिन्छ । 

    २. एरेका पामः  एरेका पामले आर्द्रता कायम राख्न र हावा शुद्ध पार्न मद्दत गर्छ । यसका लामा पातहरूले हावामा हुने हानिकारक प्रदूषकहरू अवशोषित गर्छन् । यसलाई साना अपार्टमेन्टहरूमा पनि सजिलै राख्न सकिन्छ । 

    ३. स्पाइडर प्लान्टः स्पाइडर प्लान्टले कार्बन मोनोअक्साइड र फॉर्मल्डिहाइड जस्ता ग्यासहरू अवशोषित गर्न सक्छ । यसलाई सबै प्रकारको प्रकाशमा राख्न सकिन्छ । यसको बोट छिटो बढ्छ । यसको हेरचाह गर्न पनि धेरै सजिलो छ । 

    ४. पिस लिलीः पिस लिलीले हावा शुद्ध त गर्छ नै घरको सुन्दरता पनि बढाउँछ । यसले कार्बन डाइअक्साइड, बेन्जिन र अमोनिया जस्ता ग्यासहरूलाई सोस्छ । यो बोट आंशिक छायामा पनि राम्रोसँग फस्टाउँछ । 

    ५. एलोभेराः एलोभेरा (घ्यूकुमारी)ले हावालाई शुद्ध त बनाउँछ नै यसको पातहरूमा रहेको जेल छाला र स्वास्थ्यको लागि पनि लाभदायक छ । यो बोटले कार्बन डाइअक्साइड अवशोषित गर्दछ र अक्सिजन छोड्छ । 

    बोटबिरुवा लगाउनुको फाइदा 

    हरियो बिरुवाहरूले हावा शुद्ध मात्र गर्दैन मानसिक स्वास्थ्यको लागि पनि यो उत्तिकै राम्रो हुन्छ । यी बिरुवाहरूको नजिक हुँदा तनाव कम हुन्छ र मुडलाई पनि ताजा बनाउँछ । महँगो एयर प्युरिफायरको सट्टा, यी बिरुवाहरूले घरमा ताजा हावा कायम राख्छन् र हेरचाह गर्न पनि सजिलो हुन्छ । दैनिक हल्का पानी हाल्नु र कहिलेकाहीँ माटो फेर्नु मात्रै पनि यसको हेरचाहका लागि पर्याप्त हुन्छ ।

      बालबालिकाका लागि पनि फाइदाजनक

    बिरुवाहरूको हेरचाह गर्नु भनेको बच्चाहरूलाई प्रकृतिको नजिक ल्याउने एउटा तरिका हो । यसले उनीहरूलाई जिम्मेवारी र प्राकृतिक स्वास्थ्यको महत्त्व सिकाउँछ । बार्दली, बैठक कोठा वा शयन कक्षमा बिरुवाहरू राख्नु एक उत्कृष्ट विकल्प हो । (अस्वीकरण: सल्लाह सहितको यो सामग्रीले सामान्य जानकारीका लागि अनलाइन सामाग्रीको सहयोगमा तयार पारिएको हो ।)

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend