images

२०८३ आश्विन १८ गते

images
images
images

गायन र नृत्य विधामा ‘कास्की आइडल’ छानिने

गायन र नृत्य विधामा ‘कास्की आइडल’ छानिने

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौँ । गायन र नृत्य विधामा ‘कास्की आइडल’ छानिने भएको छ । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ ।पोखरा–२७, तालचोकमा भएको अडिसनबाट गायनतर्फ २० र नृत्यतर्फ १५ जना दोस्रो चरणका लागि छनोट भएका छन् ।

    images
    images

    छनोट भएका प्रतिभाहरूको प्रतिस्पर्धा क्रमशः गराउँदै फाइनल चरणमा टप ५ छनोट गरिने आयोजक रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले जानकारी दिए । प्रतियोगिताका निर्णायकहरूमा गायनतर्फ खेम लामा, कृष्णमाया तिवारी र नृत्यतर्फ उपेन्द्र गुरुङ र समृद्धि पाण्डे छन् । नृत्यका प्रतिभा खोज्ने उद्देश्यले दुई संस्था मिलेर कार्यक्रम आयोजना गरिएको रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend