images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय वाणिज्य बैंकको नाफामा वृद्धि, अन्य...

राष्ट्रिय वाणिज्य बैंकको नाफामा वृद्धि, अन्य सूचक कस्तो ?

राष्ट्रिय वाणिज्य बैंकको नाफामा वृद्धि, अन्य सूचक कस्तो ?

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौं,२३ गते कार्तिक  ।  चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेखनीय वृद्धि भएको छ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड १३ लाख खुद नाफा गरेकोमा यस वर्ष २ सय ९५ प्रतिशतले बढेर ५९ करोड ८७ लाख पुगेको छ । 

    images
    images

    बैंकको नाफामा सुधार भएसँगै अन्य सूचकहरुमा पनि सुधार देखिएको छ । आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासमा बैंकको व्याज आम्दानी ३४ प्रतिशतले बढेको छ भने डिपोजिट ९५५ प्रतिशत र कर्जा प्रवाह ३ प्रतिशतले बढेको छ । 

    बैंकको सिडि रेसियो ६० प्रतिशत रहेको छ जुन गत आर्थिक वर्षमा ६४ प्रतिशत भन्दा माथि रहेको थियो । त्यस्तै बैंकको खराब कर्जा ९ प्रतिशतले बढ्दा प्रोभिजनिङ पनि ११ प्रतिशतले बढेको छ । आधार दर र स्प्रेडदर गत वर्षको यही अवधिको तुलनामा थप घटेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend