images

२०८३ आश्विन १८ गते

images
images
images
  • कला / संस्कृति
  • इच्छाकामना क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पञ्चमी...

इच्छाकामना क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पञ्चमी मेला

इच्छाकामना क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पञ्चमी मेला

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौं,२३ गते कार्तिक  ।  पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा  दुईदिने मेला लाग्ने भएको छ ।  मेलाका अवसरमा पर्यटन प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रम हुने मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिनुभयो । मेलामा राष्ट्रिय तथा स्थानीय विभिन्न विधाका कलाकारको प्रस्तुति पनि रहने उहाँले जानकारी दिनुभयो ।

    images
    images

    इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा छ । केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन सो दिन सार्वजनिक बिदासमेत दिँदै आएको छ । गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने तथा सन्तान नहुनेहरूका लागि सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ । मनकामना देवीको सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।

    इच्छाकामना मन्दिर धार्मिक पर्यटकीयस्थलको सम्भावना बोकेको स्थल हो । समुद्री सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहको मन्दिरको वरपर जङ्गलले ढाकेको छ । फागुन र चैतमा ढकमक्क फुलेका लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश र माछापुच्छेससम्म पनि देख्न सकिन्छ । 

    images
    images

    मन्दिर पुनर्निर्माणसँगै खानेपानी, विद्युत सेवा र अन्य भौतिक पूर्वाधार निर्माणपछि यहाँ धार्मिक पर्यटकको आवागमन बढेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । पछिल्लो केही वर्षयता भारतीय पर्यटकसमेत मन्दिर दर्शनका लागि आउन थालेको अध्यक्ष गुरुङले बताउनुभयो । फिस्लिङ–शक्तिखोर सडक र मुग्लिन–तामिन सडक प्रयोग गरेर पर्यटक मन्दिर पुग्ने गरेका छन् । यहाँ सार्वजनिक बिदा र शनिबारको दिन मन्दिर दर्शन गर्न र वनभोज खान आउने पर्यटकको घुइँचो लाग्ने गर्छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend