काठमाडौँ । कात्तिक २३,आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ।
दिउँसोतिर कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्य रूपमा खुला रहनेछ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।
समग्रमा, आज देशका अधिकांश भागमा मौसम सफा रहने अनुमान गरिएको छ।




.gif)





