images

२०८३ आश्विन १८ गते

images
images
images

अब कुनै पनि निर्णय तत्काल कार्यान्वयन हुन्छ,अर्थमन्त्री खनाल

अब कुनै पनि निर्णय तत्काल कार्यान्वयन हुन्छ,अर्थमन्त्री खनाल

images
images
शनिवार, कार्तिक २२ २०८२
शनिवार, कार्तिक २२ २०८२
  • काठमाडौँ । कात्तिक २२, अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयमा अब कुनै पनि निर्णय तत्काल कार्यान्वयनमा जाने प्रणाली विकास गरिएको बताएका छन्। शनिबार राजधानीमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले निर्णय, छलफल र कार्यान्वयनलाई एकै प्रक्रियामा जोडिएको प्रणाली तयार गरिएको जिकिर गरे।

    images
    images

    उनका अनुसार अब अर्थ मन्त्रालयले कुनै पनि विषय सुनेपछि छलफल गरी तुरुन्तै निर्णय र कार्यान्वयनमा लैजाने काम गर्नेछ। उनले भने, “हाम्रो अर्थ मन्त्रालय अहिले सुन्ने, छलफल गर्ने, निर्णय गर्ने र कार्यान्वयन गरिहाल्ने अवस्थामा पुगेको छ। कुनै पनि निर्णय गर्न अब ढिलाइ हुने छैन।”

    अर्थमन्त्री खनालले आश्वासनले देशको विकास नहुने भन्दै ठोस कार्यान्वयन नै परिवर्तनको आधार हुने उल्लेख गरे। उनले भने, “आश्वासनले निजी क्षेत्रलाई आश्वस्त पार्दैन, परिणाम देखिनुपर्छ।”

    images
    images

    जेनजी आन्दोलनको मर्मअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताउँदै उनले भन्सार प्रशासनमा लागत कम गर्ने गरी आमूल सुधारको काम भइरहेको जानकारी दिए।

    खनालले युवालाई विदेशिन नपर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए। उनले भने, “मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न सकिने प्रणाली विकास गर्न लागिरहेका छौं, जसका लागि प्रत्येक मन्त्रालयमा सुधारको काम भइरहेको छ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend