images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • त्रिवेणी सिन्थेटिकले तिर्‍यो विद्युत् बक्यौताको पहिलो...

त्रिवेणी सिन्थेटिकले तिर्‍यो विद्युत् बक्यौताको पहिलो किस्ता

त्रिवेणी सिन्थेटिकले तिर्‍यो विद्युत् बक्यौताको पहिलो किस्ता

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • काठमाडौं।  बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो किस्ता बुझाएको छ।
     
    नेपाल विद्युत् प्राधिकरणलाई उक्त उद्योगले पहिलो किस्ता बिहीबार तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको उद्योगको बिजुली हिजैदेखि आपूर्ति गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
     
    त्रिवेणी सिन्थेटिकको चार करोड ३९ लाख ८३ हजार बक्यौता रहेकामा त्यसलाई २८ किस्तामा विभाजन गरिएको छ। पहिलो किस्ताबापत  त्रिवेणी सिन्थेटिकले रु १५ लाख ७१ हजार तिरेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend