images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • बक्यौता तिरेर ११ उद्योगको विद्युत् लाइन...

बक्यौता तिरेर ११ उद्योगको विद्युत् लाइन पुनः जडान, राजस्व संकलनमा उल्लेखनीय सुधार

बक्यौता तिरेर ११ उद्योगको विद्युत् लाइन पुनः जडान, राजस्व संकलनमा उल्लेखनीय सुधार

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • काठमाडौँ । कार्तिक २१, नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्ने अभियान सुरु गरेपछि हालसम्म ११ वटा उद्योगले बक्यौता रकम बुझाएर आफ्नो विद्युत् लाइन पुनः जडान गराएका छन्।

    images
    images

    प्राधिकरणका अनुसार, रिलायन्स स्पिनिङ मिलले सबैभन्दा ठूलो रकम, २ करोड ७५ लाख रुपैयाँको पहिलो किस्ता बुझाएर अभियानमा महत्वपूर्ण योगदान दिएको छ।

    गत कार्तिक ४ गतेदेखि सुरु गरिएको यो अभियान अन्तर्गत सुरुमा २५ वटा उद्योगको विद्युत् लाइन काटिएको थियो। तीमध्ये हालसम्म ११ उद्योगले किस्ता वा सम्पूर्ण बक्यौता तिरेर लाइन पुनः जडान गराएका हुन्।

    images
    images

    यसअघि अन्य १० उद्योगहरूले जम्मा ३० लाख ५८ हजार रुपैयाँ बुझाइसकेका थिए। प्राधिकरणले किस्ता बराबरको रकम बुझाउनेबित्तिकै सम्बन्धित उद्योगको विद्युत् लाइन पुनः जडान गर्ने नीति लागू गरेको जनाएको छ।

    हालसम्म बक्यौता बुझाएर लाइन पुनः जडान गराउने उद्योगहरूः

    १. घराना फुड्स
    २. सिद्धार्थ पेट प्लास
    ३. एसआर फुड्स
    ४. गोएनका फुड्स
    ५. पञ्चकन्या इन्डस्ट्री
    ६. श्याम प्लास्टिक उद्योग
    ७. भल्बारी सुचालु कारखाना
    ८. पञ्चकन्या प्लास्टिक
    ९. एडुस रोलिङ मिल
    १०. एसआर स्टिल इन्डस्ट्रिज
    ११. रिलायन्स स्पिनिङ मिल

    यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाख सम्मको अवधिमा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन्।

    प्राधिकरणका अनुसार, यो अभियानले लामो समय देखि बक्यौता तिर्न टार्दै आएका उद्योगहरूलाई भुक्तानी गर्न दवाब सिर्जना गरेको छ र राजस्व संकलनमा उल्लेखनीय सुधार ल्याएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend