images

२०८३ आश्विन १८ गते

images
images
images

फिल्म ‘कंगाल करोडपति’ निर्माण घोषणा

फिल्म ‘कंगाल करोडपति’ निर्माण घोषणा

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • काठमाडौँ । सिनेमा पाठशालाको ब्यानरमा फिल्म ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्म निर्माण घोषणा गरिएको हो ।राजु श्रेष्ठको निर्माण तथा निर्देशनमा फिल्म बन्नेछ । लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय श्रेष्ठले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । कैफ खान निर्माता रहेको फिल्मको कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन् । फिल्ममा उमर खान र पदम लोहोरको मुख्य भूमिका रहनेछ ।

    images
    images

    कार्यकारी निर्माता मनोज केसी रहेको फिल्मको अन्य कलाकार छनोट हुन बाँकी छ । निर्माण टिमका अनुसार फिल्म फागुन महिनाबाट छायांकनमा जाने तयारी छ । एउटा सामान्य मान्छे करोडपति र करोडपति कंगाल बन्दाको अवस्था फिल्मले देखाउनेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend