images

२०८३ आश्विन १८ गते

images
images
images

आगलागी पीडितलाई प्रदेश सरकारले ८ लाख सहयोग गर्ने

आगलागी पीडितलाई प्रदेश सरकारले ८ लाख सहयोग गर्ने

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • अछाम जिल्लाको साँफेबगर नगरपालिका– ३ हाटबजारमा शनिबार राति  भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल साँफेबगरमा  नगरपालिकालाई ८ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

    images
    images

    ‘शनिबार राति साँफेबगरमा बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायतास्वरुप तत्कालका लागि ८ लाख रुपैयाँ पालिकामार्फत उपलब्ध गराउने निर्णय भएको छ,’ मुख्यमन्त्री शाहले भने, ‘सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम आगलागी पीडितलाई वितरण गर्नेछ ।’यस्तै, बैठकले भदौ महिनामा दार्चुला जिल्लाको व्यास गाउँपालिका– १ स्थित टिङ्कर र छाङरु क्षेत्रमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त भएका पुलहरूको तत्काल पुननिर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि भएको छ ।

    कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका, बेलौरी, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधराचाँदनी नगरपालिकामा वन्यजन्तुको आक्रमणबाट हुने मानवीय क्षति, मानवबस्तीमा आक्रमण र खेतबारीमा हुने बालीनाली नोक्सानी न्यूनीकरण गर्नका लागि रोकथाम उपायहरु अवलम्बन गर्न, टर्च लाइटलगायतका सुरक्षा उपकरण स्थानीयस्तरमा वितरणका लागि आवश्यक प्रबन्ध गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend