images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • घराना फुड्स र गोयन्का फुड्सले पनि...

घराना फुड्स र गोयन्का फुड्सले पनि तिरे विवादित बक्यौताको पहिलो किस्ता

घराना फुड्स र गोयन्का फुड्सले पनि तिरे विवादित बक्यौताको पहिलो किस्ता

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेवापतको प्रिमियम रकम बक्यौता विवादमा परेका थप २ उद्योगले पहिलो किस्ता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणका घराना फुड्स र गोयनका फूड्सले पहिलो किस्ता बुझाएका हुन् ।पहिलो किस्ता बुझाएपछि ती उद्योगहरूमा पुनः बिजुली जोडिएको छ । यसरी बिजुली काटिएकामध्ये पुनः जोडिनेको संख्या ९ पुगेको छ ।

    images
    images

    बुधबार बिहानसम्म ७ वटाले पहिलो किस्ता बुझाएकामा पछिल्लो समयमा २ उद्योग थपिएका हुन् ।नेपाल विद्युत प्राधिकरणका प्रवक्त राजन ढकालले घराना र गोयन्का फुड्सले पहिलो किस्ता तिरेका हुन् । प्राधिकरणको तथ्यांकअनुसार घरानाले १ करोड ८७ लाख ६९ हजार र गोयन्काले १ करोड ४७ लाख ६७ हजार रूपैयाँ प्रिमियम तिर्न बाँकी छ ।उद्योगहरूले माघ २०७२ देखिवैशाख २०७५ सम्मको अवधिमा डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुल बुझाउन बाँकी रहेको प्राधिकरणको दाबी छ ।

    यसअघि भलवारी स्वचालित कारखाना, एसआर फुड्स र एसआर स्टिलले बक्यौताको पहिलो किस्ता तिरेका थिए । उनीहरूको बक्यौता रकम क्रमशः एसआर फुड्सको १ करोड ४८ लाख, भलवारी स्वचालित चा. कारखानाको ३० लाख र एसआर स्टिल इन्डस्ट्रिजको १६ लाख रुपैयाँ रहेको छ । उक्त रकम २८ किस्तामा बुझाउने व्यवस्था गरिएको छ ।

    images
    images

    त्यसअघि सोमबार भैरहवा क्षेत्रमा रहेका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिकले पनि पहिलो किस्ता तिरेका थिए । ती उद्योगहरूको बक्यौता रकम क्रमशः पञ्चकन्या प्लास्टिकको २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेट प्लास्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend