images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • भेटिएको मोबाइलबाट मोबाइल बैंकिङ दुरुपयोग गरी...

भेटिएको मोबाइलबाट मोबाइल बैंकिङ दुरुपयोग गरी पैसा चोर्ने पक्राउ

भेटिएको मोबाइलबाट मोबाइल बैंकिङ दुरुपयोग गरी पैसा चोर्ने पक्राउ

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • काठमाडौँ । भेटिएको मोबाइलमा रहेको मोबाइल बैंकिङ सेवा दुरुपयोग गरी रु. १० लाख ठगी गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सर्लाही चक्रघट्ट गाउँपालिका–५, पडरिया घर भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल बस्ने ३२ वर्षीय मुकेश कुमार मण्डललाई पक्राउ गरेको हो।

    images
    images

    प्रहरीका अनुसार मण्डलले पीडितको हराएको मोबाइल फेला पारी त्यसमा रहेको मोबाइल बैंकिङ सेवा प्रयोग गरेर आफ्नो बैंक र ईसेवा खातामा जम्मा रु. दश लाख ट्रान्सफर गरी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

    उक्त व्यक्तिलाई मिति २कार्तिक १८ गते बौद्ध टुसालबाट पक्राउ गरी ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौँ पठाइएको प्रहरीले बुधबार जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend