images

२०८३ आश्विन १८ गते

images
images
images

पुराना सामग्री संकलन गर्दै चलचित्र संग्राहलय स्थापनामा बोर्ड

पुराना सामग्री संकलन गर्दै चलचित्र संग्राहलय स्थापनामा बोर्ड

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • काठमाडौं । नेपाली चलचित्रले ६० वर्षको इतिहास बनाइसकेको छ । यो अवधिमा कैयौँ चलचित्र निर्माण भए । कैयौँ उपकरणहरू आएर प्रयोगपछि पलायन पनि भए । तर नेपाली चलचित्र उद्योगको अहिलेसम्म पनि संग्राहलय छैन ।यही अभावलाई महसुस गर्दै चलचित्र विकास बोर्डले अब ‘चलचित्र संग्राहलय’ स्थापनाको तयारी गरिरहेको छ । यो संग्राहलयमा राख्नको लागि बोर्डले पुराना सामग्रीहरूको संकलन पनि सुरु गरिसकेको छ ।

    images
    images

    चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफ्नो कार्यकाल भित्रै चलचित्र संग्राहलयलाई स्थापना गर्ने सञ्चालनमा ल्याउने बताएका छन् । जसको लागि नेपाली चलचित्र निर्माणमा प्रयोग भएका विभिन्न उपकरण तथा सामग्रहरु संकलनको कार्य भइरहेको पनि उनले बताएका छन् ।यो संग्राहलयको तयारी’bout डिसीले राजधानीसँग भने,‘नेपाली चलचित्र क्षेत्रमै पहिलो पटक चलचित्र सम्पदालाई व्यवस्थित रूपमा संग्रह गर्ने लक्ष्यका साथ बोर्डले चलचित्र संग्राहलयको तयारी तीव्र पारेको छ । हामीले यो संग्राहलयमा बिगतमा चलचित्र निर्माणमा प्रयोग हुने एनलग पद्धतिका पुराना उपकरण क्यामेरा, सम्पादन डेस्क, स्क्रिप्ट, संगीत सामग्री (स्पुल, क्यासेट, भिसिडी), चलचित्रका प्रिन्टहरू, पोस्टर सहित विभिन्न सामग्रीहरू धमाधम संकलन गरिरहेका छौँ ।’

    यसै क्रममा यो संग्राहलयका लागि चलचित्र विकास बोर्डका लागि अत्याधुनिक (डिजिटल) रेड एम एक्स क्यामेरा प्रदान गरिएको छ । नेपालमा यो क्यामेरा १५ वर्ष अघि भित्रिएको थियो । अहिले रेडका धेरै अपडेट भर्सनका क्यामेराहरू आएका कारण पनि नेपालमा एम एक्स क्यामेराहरूको प्रयोग पछिल्लो समय निकै घटेको छ ।विगत १६ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छायांकार पुरुषोत्तम प्रधानको संयोजकत्वमा सिने फोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले यो क्यामेरा चलचित्र संग्राहलयको लागि हस्तान्तरण गरेका हुन् । चलचित्र विकास बोर्डमा एक कार्यक्रम आयोजना गर्दै प्रधान र बुढाथोकीले बोर्ड अध्यक्ष डिसी र बोर्डका लेखा प्रमुख प्रभाकर भट्टराईलाई क्यामेरा हस्तान्तरण गरेका छन् ।

    images
    images

    सो क्यामेरा ग्रहण गर्दै अध्यक्ष डिसीले यस्ता सामग्रीहरु संग्राहलयको लागि अरूले पनि प्रदान गर्न सक्ने बताए । चलचित्र क्षेत्रको यो ऐतिहासिक यात्रालाई संग्रह र सम्मान गर्ने अभियानमा यो सहयोग महत्त्वपूर्ण भएको पनि उनले बताए । अध्यक्ष डिसीका अनुसार उनले आफैँले निर्देशन गरेको चलचित्र ‘मायाज बार’, ‘छ एकान छ’ यही क्यामेराबाट खिचिएको थियो । डिसीले त्यही क्यामेरा संग्राहलयको लागि प्राप्त गर्दा अझ खुसी लगेको छ भने ।अध्यक्ष डिसीले सो क्रममा भने,‘चलचित्रको इतिहास, प्रविधि र योगदानको संरक्षण केवल कागजमा होइन, दस्तावेज र उपकरणमार्फत प्रमाणित गर्ने समय आएको छ । हामी अहिले संग्राहलयमार्फत नेपाली चलचित्रका पुराना सामग्रीहरुसहित ऐतिहासिक सम्पदा संरक्षित गर्ने अभियानमा छौँ ।’सो क्यामेरा प्रदान गर्दै रजत बुढाथोकीले नेपाली चलचित्रको इतिहास जोगाउन र नयाँ पुस्तालाई प्रेरणा दिन सहयोग गरेकोमा आत्मसन्तुष्टि भएको भनाई सो कार्यक्रममा राखे । बुढाथोकीले आफ्नो कम्पनीबाट लामो समयदेखि चलचित्र निर्माणको लागि भाडामा उपकरण तथा पोष्ट प्रोडक्सनको व्यवस्थापन गर्दै आएको र अन्य पुराना सामाग्री पनि प्रदान गर्ने बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend