काठमाडौँ । गायक तथा सङ्गीतकार नीरज नकर्मीको शब्द, सङ्गीत र स्वर रहेको गीत ‘आकाशैको छड्के पानी’ सार्वजनिक भएको छ ।राजेन्द्र वाइबाको सङ्गीत संयोजन रहेको गीतमा महेश्वर मान राजभण्डारीको मिक्सिङ र मास्टरिङ छ । गीतले पहिलो भेटको आकर्षण, एकतर्फी प्रेम र महिलाको सौन्दर्यको बयान गरेको छ ।
सबिना राउतको मुख्य अभिनय रहेको गीतको भिडियोमा निर्मल श्रेष्ठ, देविका गौतम, प्रमोसन महतरा, धना माया थापा, इन्दिरा केसी, सरिता महर्जन, सैलेश राना मगर, जलदीप रसाइली लगायतका कलाकारको पनि अभिनय छ ।देविका गौतमको कोरियोग्राफी रहेको भिडियो कमल प्रजापतिले निर्देशन तथा सम्पादन गरेका छन् ।




.gif)





