काठमाडौँ । चलचित्र विकास बोर्डले फिल्मको बक्स अफिस सार्वजनिक गरेको छ । जसमा तिहारको अवसर पारेर रिलिज भएका तीन फिल्म ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ को पनि व्यवसाय समावेश छ ।
तिहारको अवसर पारेर रिलिज भएका तीन फिल्ममध्ये धेरै व्यवसाय ‘वरिष्ठ बलराम’ ले गरेको छ । यो फिल्मको व्यवसाय शनिबारसम्म २ करोड ४८ लाख रुपैयाँ ग्रस भएको छ । त्यस्तै ‘मैझारो’ ले सोही अवधिसम्म १ करोड ९५ हजार रुपैयाँ कमाउँदा, ‘सोल्टिनी’ ले २८ लाख ८० हजार रुपैयाँ कमाएको छ ।




.gif)



