images

२०८३ आश्विन १८ गते

images
images
images

१० करोड कमाउने अनमोलको पहिलो फिल्म बन्यो ‘जेरी अन टप’

१० करोड कमाउने अनमोलको पहिलो फिल्म बन्यो ‘जेरी अन टप’

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौँ । अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ले १० करोड बढीको व्यवसाय गर्न सफल भएको छ । फिल्मले प्रदर्शनको १६ दिनसम्म देशव्यापी १० करोड ५१ लाख ४८ हजार बढीको व्यववसाय गरेको चलचित्र विकास बोर्डको सोमबार सार्वजनिक गरेको बक्स अफिसमा उल्लेख छ । 

    images
    images

    फिल्मले सोही अवधिसम्म ३ लाख ३३ हजार वटा टिकट बिक्री गरेको छ । बक्सअफिसमा कात्तिक १५ गतेसम्मको रिपोर्ट सार्वजनिक गरिएको हो । सुयोग गुरुङ निर्देशित हिमाल आरोहणको कथामा बनेको फिल्ममा अनमोलका अलवा आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे र भुवन केसीको पनि मुख्य भूमिका छ । 

    हुन त निर्माण युनिटले शुक्रबार नै फिल्मले १० करोड व्यापारको आँकडा पार गरेको भन्दै केकसमेत काटेको थियो । सो अवसरमा अभिनेता अनमोलले फिल्म सफल हुनुको कारण टिमवर्क बताएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend