images

२०८३ आश्विन १८ गते

images
images
images

फेरि सर्‍यो फिल्म अभिमन्युको रिलिज मिति, अब कहिले ?

फेरि सर्‍यो फिल्म अभिमन्युको रिलिज मिति, अब कहिले ?

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौँ । फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन फेरि सरेको छ । पहिलोपटक भदौ २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भनिएको फिल्म जेनजी आन्दोलन, अविरल वर्षा लगायत विभिन्न कारणले सरेर कात्तिक २१ गतेका लागि तोकिएको थियो ।अहिले यो मितिमा पनि फिल्म रिलिज नहुने भएको छ । फिल्मका निर्माता विनोद पौडेलले हलको शोको कारण फिल्मको प्रदर्शन कात्तिक २१ मा पनि स्थगित गरिएको जानकारी दिए ।

    images
    images

    ‘कहिले जेनजी आन्दोलन, कहिले अविरल वर्षा र त्यसले विभिन्न ठाउँमा पुर्‍याएको क्षतिका कारण सरेको फिल्म अहिले हलले शो नदिएको कारण सरेको छ’, निर्माता पौडेलले भने– ‘अब रिलिज नसर्ने गरेर हलसँग कुराकानी गरिरहेका छौँ । छिट्टै रिलिज मिति तय हुन्छ ।’ रिलिज मिति छलफलमै रहेकोले फिल्म यो समय लाग्ने भनेर भन्न नसकिने पौडेलको भनाई छ । फिल्मको प्रदर्शन मिति परिवर्तन भएको यो चौथो पटक हो । भदौ २७ गतेबाट जेनजीको आन्दोलनका कारण सरेर यो फिल्म असोज १३ गते फूलपातीका दिन पुगेको थियो ।

    यो मितिमा पनि तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ रहेको भन्दै सरेर असोज २४ गते प्रदर्शन मिति तोकिएको थियो । असोज २४ बाट पनि देशभरमा परेको अविरल वर्षा र त्यसले विभिन्न ठाउँमा पुर्‍याएको क्षतिका कारण देखाएर २१ कातिकमा सारिएको थियो ।नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुन लागेको फिल्म सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको हो । फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देलको मुख्य भूमिका छ ।

    images
    images

    फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मको रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता, विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्मातामा रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend