images

२०८३ आश्विन १९ गते

images
images
images

आम्दा अस्पताल : १० वर्षमा करिब ९ लाख बढीलाई स्वास्थ्य सेवा

आम्दा अस्पताल : १० वर्षमा करिब ९ लाख बढीलाई स्वास्थ्य सेवा

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • रुपन्देही । बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक दशकमा झन्डै ९ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले १० वर्षको अवधिमा बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवातर्फ, अस्पतालमा भर्ना (इन्डोर) तर्फ र प्रसूति सेवा लिने गरी नौ लाख २६ हजार ४६२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।अस्पतालमा १० वर्षको अवधिमा बहिरङ्ग सेवा (ओपिडी) तर्फ तीन लाख ९५ हजार ६८२, आकस्मिक सेवा तर्फ दुई लाख ६३ हजार ६९५ जना, अस्पतालमा भर्ना (इन्डोर) तर्फ दुई लाख दुई हजार ८४७ जना, प्रसूति गराउने ४६ हजार दुई सय ३८ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।

    images
    images

    गुणस्तरीय मातृ शिशु सेवा प्रदान गर्ने उद्देश्यका साथ बुटवलमा स्थापना भएको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले २७ वर्ष पूरा गरेको अवसरमा आइतबार बुटवलमा आयोजित कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद पराजुलीले जानकारी दिए ।उनले काठमाडौँ बाहिर पहिलो बाल तथा महिला अस्पतालका रूपमा स्थापना भएको पहिलो पाँच वर्ष च्यारिटी अस्पतालका रूपमा सञ्चालनमा आएको बताए । सुरुवातमा ५० शय्याबाट सुरु भएको अस्पताल अहिले १०० शय्याको स्वीकृति भएको तर डेढ सय बढी सेवा दिँदै आएको उनले बताए ।

    अस्पतालमा बहिरङ्ग (ओपिडी), पिडियोटिक, पिडियोटिक सर्जरी, जेनेरेल, गाईनोक्लोजिस्ट, एनआईसियु, पिआईसियु, एचडियुलगायतका सेवा दिँदै आएको छ । अस्पतालमा महिलाको पाठेघर क्यान्सर, थालासेमिया रोग परीक्षण र उपचारसमेत हुदै आएको छ । आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत दक्ष जनशक्ति उत्पादनमा समेत योगदान दिँदै आएको छ । अस्पतालमा २५ बढी विभागीय प्रमुख छन् । अध्ययन र रिसर्चमा जोड दिँदै आएको छ ।अस्पतालमा ३९० घण्टाको सर्ट टम केयर गियरको तालिमसमेत हुँदै आएको छ । लुम्बिनी प्रदेशका गुल्मी, प्युठान, अर्घाखाँचीसहित भारतबाट समेत १० प्रतिशत भन्दा बढी सेवा लिने गरेका छन् ।

    images
    images

    स्थापना दिवसको अवसरमा आज नयाँ शैक्षिक भवन उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य सङ्घ र आम्दा नेपालको त्रिपक्षीय सहकार्यमा सञ्चालनमा रहेको अस्पतालमा फार्मेसी, हेल्थ एसिस्टेन्स र नर्सिङ गरी तीन विषय अध्ययन हुने तीन कोठे शैक्षिक भवनको उद्घाटन गरिएको हो ।जापानीज नागरिक तथा आम्दाका पूर्व कर्मचारीसमेत रहेका सुन्सुके सुजुकीको समन्वयमा आम्दा हेगो, आम्दा माईन्सको करिब रु ३२ लाख सहयोगमा तीन कोठा भवन निर्माण गरिएको हो । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाको पहलमा तीन सय शय्याको रूपमा विस्तार गर्ने गरी डीपीआर तयारीको काम अघि बढेको बताए ।

    कार्यक्रममा आम्दा माईन्सका अध्यक्ष सुन्सुके सुजुकीले यस क्षेत्रमा रहेको स्वास्थ्य सेवाको न्यून पहुँचलाई मध्यनजर गरी जापानीज नागरिक र सरकारको सहयोगमा अस्पताल निमार्ण भएको बताए। अस्पतालबाट महिला र बच्चाको समानुपातिक रूपमा सेवा दिने भनिए पनि तथ्याङ्कमा भने बालबालिकाले बढी सेवा लिने देखिएको अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्यालले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend