images

२०८३ आश्विन १७ गते

images
images
images

वीरगञ्ज नाका हुँदै तीन महिनामा ८ अर्ब ७० करोडका सवारीसाधन भित्रिए

वीरगञ्ज नाका हुँदै तीन महिनामा ८ अर्ब ७० करोडका सवारीसाधन भित्रिए

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • वीरगञ्ज । कार्तिक, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज भन्सार नाकामार्फत आठ अर्ब ७० करोड रुपैयाँ मूल्यका विभिन्न किसिमका सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा सवारीसाधन आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।

    images
    images

    भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सवारीसाधनको आयात र राजस्व दुवैमा वृद्धि भएको छ।
    गत आवको पहिलो तीन महिनामा मात्र छ अर्ब १९ करोड रुपैयाँ मूल्यका सवारीसाधन आयात भएका थिए। सो अवधिमा पाँच अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

    यस वर्ष तीन महिनामा तीन अर्ब ४१ करोड रुपैयाँ मूल्यका २४ हजार ९३९ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन्। तीबाट तीन अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।
    गत आवमा भने दुई अर्ब ४९ करोड रुपैयाँ मूल्यका १९ हजार ४८९ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए।

    images
    images

    त्यस्तै चालु आवको तीन महिनामा जीप, कार र भ्यान वर्गका तीन सय ३० सवारीसाधन आयात भएका छन्, जसको मूल्य रु ६२ करोड २४ लाख रहेको छ। तीबाट एक अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
    गत आवको सोही अवधिमा रु ७६ करोड ५८ लाख मूल्यका चार सय ३२ जीप, कार र भ्यान आयात भएका थिए, जसबाट एक अर्ब ९६ करोड रुपैयाँ राजस्व उठाइएको थियो।

    त्यस्तै चालु आवमा वीरगञ्ज नाका हुँदै विद्युतीय जीप, कार र भ्यान २२९ वटा आयात भएका छन्। ती सवारीसाधनको मूल्य ६८ करोड ५ लाख रुपैयाँ रहेको छ भने तीबाट ४५ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ।
    गत आवको पहिलो तीन महिनामा भने ९७ वटा विद्युतीय जीप, कार र भ्यान मात्र आयात भएका थिए, जसको मूल्य १४ करोड ४९ लाख र राजस्व नौ करोड ११ लाख रुपैयाँ मात्र थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend