images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • आज साँझदेखि दैनिक एक हजार राहदानी...

आज साँझदेखि दैनिक एक हजार राहदानी वितरण गर्ने

आज साँझदेखि दैनिक एक हजार राहदानी वितरण गर्ने

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौँ । कात्तिक १७, राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ। विभागका अनुसार आज साँझदेखि दैनिक रूपमा (सार्वजनिक विदा बाहेक) राहदानी उपलब्ध गराइनेछ।

    images
    images

    विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्ता सँग गत साउन महिनामा खरिद सम्झौता गरिएको छ। उक्त सम्झौता अनुसार आगामी फागुन ११ गतेदेखि नयाँ पूर्वाधार तथा प्रणाली मार्फत राहदानी सेवा सुरु हुने तयारी भइरहेको विभागले जनाएको छ।

    हाल नयाँ र पुरानो आपूर्तिकर्ता बीचको सङ्क्रमणकालीन अवस्था (ह्याण्डओभर र टेकओभर प्रक्रिया), राहदानी पुस्तिकाको सीमित सङ्ख्या तथा सेवाग्राहीको उच्च मागका कारण केही समस्या आएको विभागको भनाइ छ।

    images
    images

    विभागले राहदानीको अभाव नहोस् भनेर आवश्यक पहल भइरहेको बताउँदै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक आवश्यकता परेका सेवाग्राहीले मात्र राहदानीका लागि आवेदन गर्न आग्रह गरेको छ।

    साथै, राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न तथा त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन विभागले सबै सेवाग्राहीको ध्यानाकर्षण गराएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend