काठमाडौँ । नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेका कारण देशका केही भागमा आंशिक बदलीको अवस्था देखिएको छ। आज कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो देशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम मुख्यतः सफा रहनेछ। कोशी र गण्डकीका केही उच्च पहाडी भूभागमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
विभागका अनुसार आगामी केही दिनसम्म पनि पश्चिमी वायूको प्रभाव रहिरहने भएकाले हिमाली क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।




.gif)





