images

२०८३ आश्विन १९ गते

images
images
images

अदुवाले मूल्य नपाउँदा किसान चिन्तित

अदुवाले मूल्य नपाउँदा किसान चिन्तित

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • घोराही । अदुवाले बजार भाउ नपाउँदा दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान निराश बनेका छन् । गाउँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत अदुवा भएपनि अहिले मूल्य घट्दा किसान चिन्तित बनेका हुन् ।अदुवा खेतीबाट राम्रो आम्दानी हुने भएपछि अन्य कृषि बाली छोडेर अदुवा रोपेका किसान यो बर्ष भाउ नपाउँदा निराश बनेको छिल्लीकोट निवासी किसान विकास खड्का बताउनुहुन्छ । किसान खड्का अनुसार अहिलेसम्म बजारमा अदुवाको  मुल्य प्रतिकिलो ३० देखि ३५ रुपियाँ मात्रै रहेको छ । उहाँका अनुसार गतवर्ष यही समयमा अदुवाको मूल्य प्रतिकिलो ५५ देखि ६० रुपियाँसम्म रहेको थियो । 

    images
    images

    बारीमा करिव ४० क्विन्टल अदुवा तयारी अवस्थामा रहेपनि बजारमा अदुवाको मुल्य कम हुँदा नखनेको किसान खड्का बताउनुहुन्छ । बजार भाउ नपाउँदा बिक्रीका लागि तयार भएको अदुवा पनि नखनेको भन्दै किसान खड्काले भन्नुभयो,“गत वर्षको तुलनामा यो वर्ष अदुवाको भाउले लगानी पनि उठ्ने अवस्था छैन, त्यही भएर अहिले अझै खनेको छैन,” खड्काले गत वर्ष दुई लाख रुपियाँको अदुवा बिक्री गर्नुभएको थियो । उहाँ जस्तै छिल्लीकोटकै अर्का किसान पलबहादुर खड्काले पनि गत वर्ष अदुवाले राम्रो मूल्य पाएपछि यो वर्ष ५० हजार रुपियाँ ऋण लिएर पाँच कट्ठा जग्गामा अदुवा खेती गर्नुभएका खड्काले अहिलेको बजार मूल्य अनुसार बिक्री गर्दा लगानी उठ्ने अवस्था नरहेको बताउनुहुन्छ । 

    बजारमा व्यापारीले सस्तोमा भारतबाट अदुवा भित्राउँदा स्थानीयले उत्पादन गरेको अदुवा बिक्री नहुने अवस्था भएको भन्दै भन्नुभयो, “बिउको ऋणसँग ब्याज जोडिँदा रकम ६५ हजार रुपियाँ पुगेको छ । अहिलेको अवस्थामा रहेको मुल्यमा अदुवा बिक्री गर्दा ऋण तिर्न पनि गाह्रो हुने अवस्था छ ।” पहाडी क्षेत्रमा जंगली जनावरले क्षति पनि नगर्ने र राम्रो आम्दानी हुनेपछि गाउँका अधिकांस किसानले अदुवा रोप्ने गरेपनि मूल्य नपाउँदा किसानलाई समस्या भएको स्थानीय पूर्णबहादुर पुन बताउनुहुन्छ ।किसानको आम्दानीको मुख्य श्रोत अदुवा भएपनि मुल्य नहुँदा लगानी उठाउनै धौ रहेको भन्दै पुनले भन्नुभयो,“स्थानीयले करिव पाँच सय क्विन्टलसम्म अदुवा उत्पादन गर्ने गर्दछन तर बजार व्यवस्थापनमा समस्या हुँदा उत्पादनले उचित मूल्य पाउन सकेको छैनन् ।” उहाँका अनुसार स्थानीय सरकारले छिल्लीकोट क्षेत्रमा अदुवा सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरिदिन स्थानीयले उत्पादन गरेको अदुवाले उचित मुल्य पाउनका साथै बजारको सुनिश्चित हुने बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय ३०÷३५ घरले अदुवा खेती गर्ने गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend