images

२०८३ आश्विन १८ गते

images
images
images

चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक

चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौँ । चलचित्र ‘धागो’को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू र सामाजिक दुरावस्थाको सङ्घर्षको मार्मिक चित्रण गरेको छ । ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्याहरू र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ ।

    images
    images

    उदिप राणा थापा निर्देशित फिल्म नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक कथामा बनेको हो ।एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई चलचित्रलाई प्रतिबिम्बित गर्ने निर्देशकले बताए ।चलचित्र अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको छ भने उनीसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा रहेकी छन् । 

    चलचित्र म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा हुन् । फिल्मको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले रहेका छन् । ‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने तयारीमा छ । नेपालमा यसलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend