images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • जापानी कम्पनीले ल्यायो पेटको बोसो घटाउने...

जापानी कम्पनीले ल्यायो पेटको बोसो घटाउने पानी

जापानी कम्पनीले ल्यायो पेटको बोसो घटाउने पानी

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • टोकियो । जापानी पेय पदार्थ कम्पनी सन्टोरीले हालै पेटको बोसो घटाउन सक्ने ‘फङ्शनल वाटर’ लन्च गरेको छ । यो विशेष पानी हेर्दा नियमित खालको मिनरल वाटर जस्तै देखिन्छ । तर कम्पनीले यसलाई ‘फङ्शनल फूड’को श्रेणीमा राखेको छ । अर्थात यो पानी जापानमा स्वास्थ्य लाभहरूको विज्ञापन गर्न कानुनी रूपमा अनुमति दिइएको खाद्य सामाग्रीमध्ये एक हो ।

    images
    images

    यो पानी पेटमा लागेको बोसो घटाउन संघर्षरत् अधिकांश समय कार्यालयमा कुर्सीमा बसेर काम गर्ने कर्मचारी र अनियमित जीवनशैली भएकाहरू मानिसहरूलाई लक्षित गरेर ल्याइएको हो । यो पानीले पेटमा लागेको विशेष गरी ‘भिसेरल’ बोसो घटाउन मद्दत गर्न सक्ने दाबी कम्पनीले गरेको छ ।सन्टोरीको नयाँ उत्पादनमा एचएमपीए (३–(४–हाइड्रोक्सी–३–मेथोक्सिफेनाइल)प्रोपियोनिक एसिड) रहेको छ । यो एसिड फर्मेन्ट गरिएको चामलको चोकरबाट प्राप्त हुने सानो–मोलिक्युल मेटाबोलाइट हो जसले पेटको बोसो घटाउन मद्दत गर्न सक्छ ।

    आधिकारिक क्लिनिकल परीक्षण तथ्याङ्क अनुसार, एचएमपीएको निरन्तर सेवनले बीएमआई उच्च भएका व्यक्तिहरूमा पेटमा बोसोको फैलावट सुधार्न सक्छ । यो पानी हामीले नियमित रुपमा पिउने पानीसँग धेरै मिल्दोजुल्दो छ । ६०० मिलिलिटरको पानीको बोतलको मूल्य कर बाहेक १५० येन रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend