images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • नागढुङ्गा सुरुङ सञ्चालनका लागि अन्तर्राष्ट्रिय टेन्डर...

नागढुङ्गा सुरुङ सञ्चालनका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान

नागढुङ्गा सुरुङ सञ्चालनका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौँ । कार्तिक १६, नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार सुरुङ सञ्चालन तथा मर्मतका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी र सक्षम सेवा प्रदायक छनोट गर्न टेन्डर आह्वान गरेको छ। बोलपत्र बुझाउने अन्तिम मिति आगामी पुस २ (डिसेम्बर १७, २०२५) तोकिएको छ।

    images
    images

    naghdhunga

    हाल सुरुङमार्ग सवारी साधन चलाउन सक्ने अवस्थामा पुगे पनि दक्ष जनशक्ति र सुरक्षा सम्बन्धी कारणले सञ्चालनमा आउन सकेको छैन। मुख्य सुरुङको लम्बाइ २.७ किलोमिटर र आपत्कालीन सुरुङको लम्बाइ २.६ किलोमिटर रहेको छ। सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि टोल दर पनि तोकेरै तयार पारेको छ।

    images
    images

    सडक विभागको सीमित अनुभव र जनशक्तिका कारण सुरुङ सञ्चालन तथा मर्मत जटिल हुने देखिएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्ति मार्फत सञ्चालन गर्न अन्तर्राष्ट्रिय सेवा प्रदायक छनोट गर्न लागिएको आयोजनाले जनाएको छ। चयन हुने कम्पनीले पाँच वर्षसम्म सुरुङ सञ्चालन र मर्मतको जिम्मेवारी लिनेछ।

    यस अवधिमा विदेशी विज्ञहरूले नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण गर्ने योजना छ। यसले भविष्यमा अन्य सुरुङ र द्रुतमार्ग (फास्ट ट्र्याक) जस्ता ठूला पूर्वाधार स्वदेशी जनशक्तिबाट सञ्चालन गर्न सहज हुने विश्वास लिइएको छ।

    सुरुङ २४ घण्टा सञ्चालन गर्नुपर्ने भएकाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तुरुन्त आपत्कालीन सेवा उपलब्ध गराउनुपर्नेछ। त्यसका लागि सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने र आपत्कालीन टोली स्थापना गर्ने व्यवस्था गर्नेछ।

    यस प्रयोजनका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ। सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा टिम रहनेछ। सुरक्षाका लागि ६४ जना, टोल संकलनका लागि ५४ जना, ट्राफिक अनुगमन तथा नियन्त्रणका लागि १४ जना र सिभिल तथा अन्य संरचना मर्मतका लागि ८–८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend