images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • लेकबाट गोठ झारेपछि बागलुङमा गोठालाहरूको चहलपहल...

लेकबाट गोठ झारेपछि बागलुङमा गोठालाहरूको चहलपहल बढ्यो

लेकबाट गोठ झारेपछि बागलुङमा गोठालाहरूको चहलपहल बढ्यो

images
images
शनिवार, कार्तिक १५ २०८२
शनिवार, कार्तिक १५ २०८२
  • बागलुङ, भिबाङ । यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि गाई, भैँसी र सेताम्य भेडा चरिरहेका छन्। छेउमै बसेर गन्थनमन्थन गर्दै छन् गोठाला। करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेटेर निकै खुसी छन्।

    images
    images

    लेकबाट गोठ झारेपछि भल्कोट क्षेत्रमा गोठालाहरू र बस्तुभाउको चहलपहल बढेको छ। गाई, भैँसी, भेडा र बाख्राले भल्कोटका बारी तथा खर्कहरू ढाकेका छन्। हरेक वर्ष जेठ–असारमा लेक चढ्ने र असोजमा बेँसी झर्ने परम्पराअनुसार यस वर्ष पनि गोठालाहरू बेँसी झरेपछि भल्कोटमा चहलपहल बढेको हो।

    स्थानीय मनबहादुर बोहराका अनुसार, “गोठालाहरू सुरुमा लेकबाट भर्कोबाङ झर्छन् र त्यहाँ गहुँ, जौँ छरेपछि विस्तारै अन्य ठाउँमा जान्छन्। अब करिब १५ दिन भल्कोटमा बस्ने र त्यसपछि गुम, खर्चनलगायतका ठाउँमा गोठ सार्ने योजना छ।”

    images
    images

    बर्षभरि लेक क्षेत्रमा बस्ने गोठालाहरूले पहिले भेडाबाख्रा र गाईभैँसी एकै ठाउँमा राख्थे भने अहिले बेँसीमा छुट्टै बाँध्ने गरेका छन्। स्थानीय ढालेन्द्र घर्ती मगरका अनुसार, “पहिले हाम्रा घरमा झण्डै १०० गाईगोरु हुन्थे, अहिले धेरै कम भएका छन्। बस्तुभाउ पाल्न गाह्रो छ, वर्षभरि चरनका लागि ठाउँ ठाउँमा पुग्नुपर्छ, गोठ सार्नुपर्छ, घाँस काट्नुपर्छ।”

    यद्यपि सयौँ पशुचौपाया पाल्दै आएको यस क्षेत्रका किसानहरू व्यावसायिक स्तरमा पुगेका छैनन्। स्थानीय कुम्भीरा मगरले ५१ वटा गाई भए पनि त्यसबाट पर्याप्त जीविकोपार्जन नहुने बताए। उनले भने, “गाई धेरै पाल्दा बारीमा मल पनि धेरै हुन्छ। वर्षमा रु २० हजारको दूध वा घ्यू बिक्री गर्न सकिँदैन।”

    गोठालाहरूको यो परम्परा लेख, हिउँदमा बेँसी, बर्खामा लेक पाकापुर्खा देखि निरन्तर चली आएको रहेछ, तर अहिले पहिले जस्तो अवस्था छैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend