images

२०८३ आश्विन १८ गते

images
images
images

हरिबोधिनी एकादशी आज विशेष पर्वको रूपमा मनाइँदै

हरिबोधिनी एकादशी आज विशेष पर्वको रूपमा मनाइँदै

images
images
शनिवार, कार्तिक १५ २०८२
शनिवार, कार्तिक १५ २०८२
  • काठमाडौँ । कात्तिक १५, वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशी का अवसरमा भगवान् विष्णुको प्रतीक तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा गर्दैछन्।

    images
    images

    यस दिन विष्णु क्षीरसागरमा सुतेका भएर ब्युँतिने भएकाले यसलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। परम्परा अनुसार, हरिशयनी एकादशी देखि हरि बोधिनी एकादशी सम्मको चार महिनामा कुनै पनि माङ्गलिक कार्य, विवाह, वा यात्रा नगर्नु शुभ मानिन्छ।

    आजको दिन घरघरमा रोपिएको तुलसी मठमा गाईको गोबर र रातो माटोले पोतेर, फूलमालाले सजाएर दामोदरसँग विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन यस्तो परम्परा चलेको धार्मिक विश्वास छ। तुलसीको पूजा घरमा गरेमा यमदूत नआउने, दश दिशामा पवित्रता फैलिने, र शरद ऋतुमा रोग प्रतिरोधी क्षमता बढ्ने विश्वास पनि छ।

    images
    images

    विशेषगरी, तुलसीको रस, पात र फूलले रुघाखोकी, औलो लगायत रोगमा लाभ पुग्ने र लामखुट्टे टोकेको नहुने शास्त्रीय मान्यता छ। तुलसीको मठ वरपर विषालु सर्प नआउने र हावा मार्फत कीटाणु नष्ट हुने पनि धार्मिक विश्वासमा उल्लेख छ।

    आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखेर यात्रा गराइन्छ र रात्रि समयमा शङ्ख, घन्टा र ढोल बजाएर विष्णुलाई जगाउने परम्परा पनि छ। किसानहरूले उखुको बोट मठमा गाडेर फलाहार ग्रहण गर्छन्। धार्मिक विश्वासअनुसार, यस दिनको व्रतले हजार अश्वमेध यज्ञ वा राजसूय यज्ञ बराबरको पुण्य प्रदान गर्ने मानिन्छ।

    काठमाडौँ उपत्यकाका चार नारायणस्थान, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, र धादिङको नीलकण्ठ कालिका मन्दिरमा विशेष मेला लाग्ने परम्परा छ। यहाँ उपस्थित नहुनेले बूढानीलकण्ठ नारायणस्थानमा दर्शन गर्दा चार नारायणको दर्शन बराबरको पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।

    धर्मशास्त्रविद् प्रा.तोयराज नेपालका अनुसार कात्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय आदेश छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend