images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • पारिश्रमिक र सेवा सुविधा लागू गर्नुपर्ने...

पारिश्रमिक र सेवा सुविधा लागू गर्नुपर्ने माग गर्दै गोरखा अस्पतालका नर्स आन्दोलनमा

पारिश्रमिक र सेवा सुविधा लागू गर्नुपर्ने माग गर्दै गोरखा अस्पतालका नर्स आन्दोलनमा

images
images
शनिवार, कार्तिक १५ २०८२
शनिवार, कार्तिक १५ २०८२
  • गोरखा । सरकारले तोकेको पारिश्रमिक र सेवा सुविधा लागू गर्नुपर्ने माग गर्दै गोरखा अस्पतालका नर्सहरू शुक्रबारदेखि आन्दोलनमा उत्रिएका छन्। ‘न्यायगत तलब हाम्रो सम्मान, हाम्रो सेवा’, ‘नर्सको श्रम शोषण बन्द गर’, ‘नर्सलाई नेपालमै बस्ने वातावरण सिर्जना गर’ लगायतका नारासहित उनीहरूले अस्पताल परिसरमै प्रदर्शन गरेका हुन्। बिहान १० बजेदेखि १२ बजेसम्म नर्सिङ सेवा बन्द गरेर उनीहरूले विरोध कार्यक्रम सञ्चालन गरेका थिए।

    images
    images

    नर्सिङ अफिसर रिना थापाले बताइन्, “नर्सिङ एसोसिएसनले देशव्यापी रुपमा आन्दोलन गरिरहेको छ, त्यसकै समर्थनमा हामी पनि आन्दोलनमा उत्रिएका हौं।” उनका अनुसार, आन्दोलनको क्रममा मंसिर १८ गतेसम्म प्रत्येक बिहान १० देखि १२ बजेसम्म नर्सिङ सेवा बन्द हुनेछ।

    नेपाल सरकारले २०७८ मंसिर २७ गते स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीको पारिश्रमिक र सेवा सुविधा सरकारी मापदण्ड भन्दा नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो। सो मापदण्ड अनुसार नर्सको न्यूनतम पाँचौं तहको तलब ३४ हजार ७३० रुपैयाँ र वरिष्ठ पाँचौं तहको तलब ३७ हजार ७४३ रुपैयाँ तोकिएको छ। तर, गोरखा अस्पतालका नर्सहरूले आफूहरूलाई तोकिएको भन्दा कम पारिश्रमिक दिइएको गुनासो गरेका छन्।

    images
    images

    उनीहरूको मागमा जोखिम भत्ता, सार्वजनिक बिदामा ड्यूटी गरेबापत छुट्टै सुविधा, र राति ड्यूटी गर्दा विशेष भत्ताको व्यवस्था पनि समावेश छन्।

    नर्सहरूका अनुसार, सरकारले तोकेअनुसारको मापदण्ड कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend