काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि फिल्म 'परान'ले देशभर एकल प्रदर्शन अवसर पाएको छ । यद्यपि देशभरका फिल्म हल कब्जा गर्न भने असफल छ ।किनभने अघिल्ला साताहरूमा रिलिज भएका धेरै फिल्मले कतिपय हलमा कब्जा जमाएका छन् भने बलिउडको फिल्म ‘बाहुबली : द एपिक’ पनि रिलिजमा आएको छ ।
‘परान’ दीपक प्रसाद आचार्य (काकु)को डेब्यू निर्देशित फिल्म हो । वरिष्ठ अभिनेता नीर शाहलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको फिल्ममा शाहका अलावा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय छ ।
व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको निर्माण रहेको फिल्म बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको हो । फिल्म करिब ७० बढी शोसहित प्रदर्शनमा आएको छ । भावनात्मक पारिवारिक कथा बोकेको यो फिल्मले नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई आकर्षित गर्ने बताइन्छ । केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोड)बाट सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट पाएको फिल्मको बिहीबार साँझ प्रिमिएर समेत भएको थियो ।




.gif)





