जनकपुरधाम। मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ३ महिनामा २ अर्ब ४२ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।प्रदेश लेखा नियन्त्रक कार्यालय, जनकपुरधामको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२।८३ को साउन देखि असोजसम्ममा कुल २ अर्ब ४२ करोड ६४ लाख १४ हजार ६३९ रुपैयाँ राजश्व संकलन भएको हो ।मधेस प्रदेश सरकारले साउनमा २७ करोड ८ लाख ७० हजार ४०९, भदौमा १ अर्ब १३ करोड ३० लाख ३० हजार १९२ रुपैयाँ राजश्व संकलन गरेको थियो ।
लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी निरेन्द्रलाल कर्णका अनुसार विभिन्न २४ वटा शीर्षकमा उक्त राजश्व संकलन भएको हो । चालु आवको पहिलो दुई महिनामा १ अर्ब ४० करोड ३९ लाख ६०१ रुपैयाँ राजश्व संकलन भएकोमा असोजमा १ अर्ब २ करोड २५ लाख १४ हजार ३८ रुपैयाँ राजश्व संकलन भएको हो ।बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर, अन्त शुल्क, विज्ञापन कर, कृषि उत्पादनको विक्रीबाट प्राप्त रकम, सरकारी सम्पत्तिको विक्रीबाट प्राप्त रकम, न्यायीक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी लगायतको शीर्षकमा मधेस प्रदेश सरकारलाई राजश्व संकलन हुने गरेको कर्णले बताए ।मधेस प्रदेश सरकारलाई सबैभन्दा बढी बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि करबाट राजश्व संकलन भएको हो । तीन महिनामा १ अर्ब २३ करोड ७७ लाख ४५ हजार ६१६ रुपैयाँ राजश्व संकलन भएको हो ।
बाँडफाँड भई प्राप्त हुने अन्त शुल्कबाट ४५ करोड १४ लाख ५७ हजार २७३, चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १३ करोड ४४ लाख ८१ हजार ३०९ रुपैयाँ राजश्व संकलन भएको लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।मधेस सरकारलाई व्यवसाय रजिस्ट्रेसन दस्तुर बापत १ करोड १५ लाख ७ हजार १७५, यातायात क्षेत्रको आम्दानी बापत २ करोड ६५ लाख ८७ हजार ८४०, सवारी साधन कर बापत ५० करोड २३ लाख ८९ हजार ७८४ रुपैयाँ राजश्व संकलन भएको हो ।वन क्षेत्रको रोयल्टी बापत १ करोड ३३ लाख ९५ हजार १४३, कृषि उत्पादनको विक्रीबाट १३ लाख २४ हजार ७६१, बेरुजु बापत १ करोड ५३ लाख ७१ हजार ७८ रुपैयाँ राजश्व संकलन भएको लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।




.gif)





